महोत्तरी जिल्ला अस्पतालमा उपचार गराउन आउने विरामीको संख्या न्यून

२०७८ पुष २१, बुधबार ०५:४५

होत्तरी । महोत्तरी जिल्ला अस्पतालमा उपचार गराउन आउने विरामीको संख्या न्यून भएको छ ।

अस्पतालको मुख्य ढोकाबाटै बसेर केही व्यक्तिहरुले बिरामीलाई हेरेर ‘ बाहिर लैजानुस् यहाँ उपचार सम्भव छैन’ भन्दै फर्काउन थालेपछि सो अवस्थाको सृजना भएको हो । विगत दुई सातादेखि चिसोका कारण विभिन्न रोगका बिरामी बढ्न थाले पनि सोही कारण उपचारकालागि जिल्ला अस्पतालमा आउनेको सङ्ख्या न्यून भएको छ । स्वास्थ्यकर्मीले बिरामीलाई थप उपचारको लागि जनकपुर स्थित प्रादेशिक अस्पताल र अन्य स्थानमा पठाइदिने र बिरामीलाई चिकित्सकहरुले समय नदिने गरेका कारण अहिले अस्पताल सुनसान रहेको स्थानीयवासीहरुको गुनासो छ ।

जिल्ला उद्योग वाणिज्य सङ्घका महा सचिव शिवचन्द्र चौधरीले त्यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले बिरामी ल्याउने बित्तिकै तपाई आफ्नो मान्छे भएकाले राम्रो सल्लाह दिन्छु, यहाँ उपचार नगराउनुस्, यहाँ डाक्टर पनि आउँदैनन् र उपचार पनि राम्रोसँग हुँदैन, केही भइहाल्यो भन्ने के गर्नेरु भनी उपचारै नगरी फर्काउने गरेको आरोप लगाए । पचीस शैय्या क्षमताको उक्त अस्पतालको आकस्मिक कक्ष र ओपिडी कक्ष समेत आजभोलि सुनसान देखिने गरेको छ । यहाँ आउने बिरामीलाई सरकारी शुल्कमा ल्याब परीक्षणदेखि औषधि वितरण गर्नेसम्मको व्यवस्था रहेपनि चिकित्सकहरूले बाहिर ल्याब परीक्षण गर्न पठाउने र बाहिरै महँगो मूल्यमा औषधि खरिदका लागि पठाउने गरेका कारण पनि बिरामी आउन छाडेको एक चिकित्सकले नै नाम नखुलाउने सर्तमा बताए । उक्त अस्पतालमा अहिले १६जना चिकित्सक र दुइ दर्जन बढी स्वास्थ्यकर्मी कार्यरत छन् तर जलेश्वर स्थित एक दर्जन निजी अस्पताल तथा क्लिनिक भने बिरामीले खचाखच भरेको देखिने गरेको छ । कोरोना विशेष अस्पताल बनाइएको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र अन्य आवश्यक सबै सुविधा भए पनि यहाँ कार्यरत चिकित्सकको लापरवाही र बेवास्ताका कारण बिरामी त्यहाँ जानुको सट्टा निजी अस्पताल र क्लिनिकहरुमा उपचार गराउन बाध्य छन्



ताजा खबर