प्रदेश २ का कांग्रेस सभापति यादवको गृह जिल्लामा भब्य स्वागत्

२०७८ पुष २१, बुधबार १६:३७

अमित ठाकुर

रौतहट,पौष २१ गते । नेपाली कांग्रेस निकट प्रदेश नंबर २ का सभापति पदमा निर्वाचित भएका कृष्णा यादवलाई गृह जिल्लामा भव्य स्वागत गरेका छन्। कांग्रेस पार्टीका रौतहट जिल्लाका गौर नगरपालिकाका नगर सभापति मोहन यादवले राखेको बधाई तथा सम्मान कार्यक्रममा प्रदेश नंबर २ का सभापति यादवलाई सम्मानका साथ-साथै बधाई दिएका हुन । गौरमा अवस्थित पार्टी कार्यालयमा नगर सभापति मोहन यादवले आयोजना गरेको प्रदेश २ को नव निर्वाचित सभापति र पदाधिकारीलाई सम्मान तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै सभापति यादवले भने,आफु प्रदेश २ को सभापति हुँदै गर्दा सबैको साझा रहेर भुमिका निर्वाह गर्ने यादवले बताए । लामो इतिहास बोकेको नेपालि कांग्रेस को शाख लाई बचाउदै गुट उपगुटलाई चिर्दै कार्यकर्ताको मागलाई सम्बोधन गर्दै अघि बढ्ने उनले बताए । आफु एक्लै बाट आफ्नो भुमिका पुरा नहुने र सम्पुर्ण नेपालि कांगे्रसको शुभेक्षुक,पार्टि प्रति माया गर्ने सम्पुर्ण कार्यकर्ता को साथ सहयोग र सदभावले मात्र सम्भव हुने उनले बताए । नेपाली कांग्रेसका नव निर्वाचित प्रदेश २ का सभापति कृष्ण यादव.
मलाई माया गरेर बिस्वास गरेर जुन जिम्मेवरी दिनु भएको छ सो आर्शिवादलाई आत्मा सम्मान गर्दै नेपालि कांगे्रस पार्टिलाई प्रदेश २ मै एक नंम्बर पार्टि बनाउने सभापति यादवले बताए । यस भन्दा अघि यादव रौतहट जिल्लाका सभापति थिए । आगामी निर्वाचनमा रौतहटको ४ वटा क्षेत्र, १८ वटै पालिका र प्रदेश २ को ८ वटै जिल्लामा कागे्रस बहुमतले बिजयी हुने सम्भावना समेत रहेको यादवले जिकिर गरे । कार्यक्रममा कांग्रेस नेता अवध किशोर साह, संजय यादव, भु.पु सांसद जितेन्द्र यादव सहित सयौंको संख्यामा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।



ताजा खबर