प्रसौनी गाउँपालिकाको दशौं गाउँ सभा सम्पन्न

२०७८ पुष २३, शुक्रबार १५:०७

उपेन्द्र पासवान
बारा,पौष २३ गते ।
बाराको प्रसौनी गाउँपालिकाको दशौं गाउँ सभा तथा आर्थिक वर्ष २०७८÷०७९ को दशौ गाउँ सभा सम्पन्न भएको छ । गाउपालिकाको सभाहलमा सम्पन्न गाउँ सभाका प्रमुख अतिथि गाउंपालिका अध्यक्ष भोला प्रसाद गुप्ता अतिथि उपाध्यक्ष गिता साह, प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरीसात वटै वडाका वडाध्यक्षहरु, लालबाबु मुखिया, सुरेश कुमार गुप्ता, बैजु गुप्ता, आनन्द गुप्ता, सनै साह,,बृजकिशोर कुश्वाहा, राममणी गुप्ता, वडा सदस्यहरु, कर्मचारीहरु लेखा प्रमुख प्रेमबाबु पटेल, लक्ष्मी प्रसाद कलवार, राजेश साह, रुपनारायण महतो, रमेश, बिवेक संचारकर्मीको सहित उपस्थिति रहेको थियो ।

अध्यक्ष भोला प्रसाद गुप्ताले यस वर्षको संसोधित नीति तथा कार्यक्रमले हरेक क्षेत्रलाई जोड्दै अगाडि बढेने जनताका स्वास्थ, शिक्षा सेवामा सहज पहुच हुने आउने दिनमा आम जनताको काम छिटो छरितो हुनलाई जन प्रतिनिधी र कर्मचारी एक आपसमा समन्वय गरी जनता मुखी काम गर्न सुझाव दिदै आफुले बोल्ने भन्दा बढि काम गर्नुपर्ने र जनताको चाहनालाई प्राथमिकता दिनुपर्ने बिचारलाई आत्मसाथ गर्दै अगाडि बढिरहेकोले सफलताको लागि शुभकामनासमेत व्यक्त गरे ।

गाउपालिका उपाध्यक्ष गिता साहले मन्त्ब्यको कर्ममा गाउपालिकाका सम्पुर्ण जनतालाई धन्यवाद दिईन । देशको सबै जसो पालिकामा प्रमुख र उप प्रमुख बिच देखिएको बिबादले धेरै काम हुन नसकेको बेला हामी प्रसौनीमा त्यसतो हुन नदिएको बताईन । गाउपालिका भित्र हरेक महिलाहरुको साझा प्रतिनिधित्व आफुले गरेको र सबै महिलाका लागि आफू सदैव लडने बताईन । विभिन्न कठिनाईका बिच हामिले कर्मचारीको मनोबल बढाएर गाउपालिकाको समग्र बिकासमा लागेको बताईन ।

सोहि अवसरमा वडा नं. २ निवासी राजु गुप्ता सशस्त्र प्रहरी बल नेपालको प्रहरी निरिक्षकमा नाम निकाली गाउँपालिकको नाम चिनाउन भएको उच्च कार्यको मुल्याड्ढन गर्दै सम्मानसमेत गरीएको छ ।गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरीले स्वागत गरेको कार्यक्रमको सन्चालन स्वास्थ्य शाखा प्रमुख सुरेश साहले गरेका थिए ।



ताजा खबर