चिसोबाट जोगिन सप्तरीका विपन्न परिवारलाई बल्यांकेट वितरण

२०७८ पुष २३, शुक्रबार १५:१२

शुभ नारायण यादव

सप्तरी,पौष २३ गते । बिगत केही दिन यता सप्तरी सहित तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसोबाट जोगिन गरिब तथा बिपन्न परिवारलाई धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा बलयाङकेट वितरण गरेको छ ।
सहयोगी हातहरूको एउटा सानो सहयोग जाडोबाट जोगिन विपन्नहरू( मरिक÷डोम र सदा समुदाय)लाई बल्यांकेट वितरण गरिएको हो ।
एक्कासि बढेको जाडोबाट प्रभावित सप्तरीको रूपनी गाउपालिका वडा न.–६बीरेन्द्र बजारका भूमिहीन तथा अति विपन्न सदा(मुसहर) समुदायमा र अग्निसाइर कृष्णासवरन गाउपालिका वडा न.–२ सीतापुर भुरकीका मरिक (डोम) समुदाय एक एक थान ब्लयाङकेट वितरण गरेको संस्थाका अध्यक्ष एवम् समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा न्यूज टुडेको पत्रकार तथा आदिवासी जनजाति महासंघ सप्तरीको अध्यक्ष बृजमान तामांग,नेकपा(एकिकृत समाजवादी)को कुमार मान श्रेष्ठ, नेपाल तामांग घेदुंग रुपनी गापाको अध्यक्ष लाल बहादुर तामांग,भवानी चौधरी, कुशेश्वर चौधरी,अग्निसाइर कृष्णाशवरण गाउपालिका वडा न.२ का वड़ासचिव कुशेश्वर यादव लगायत स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।



ताजा खबर