१४ लाख रुपैयाँ सहित भारतीय हुण्डी कारोबारी शस्त्र प्रहरीको फन्दामा

२०७८ पुष २५, आईतवार १४:५१

अमित ठाकुर

रौतहट,पौष २५ गते । रौतहट जिल्लामा लाखौं रुपैयाँ सहित हुण्डी कारोबारीलाई शस्त्र प्रहरी एसक्वाट टोलीले पक्राउ गरेका छन्। सिमावती नाका खेले देखि नै नेपालमा हुण्डी कारोबारीको बिगबिगी भएका छन्।
रौतहटको ईशनाथ नगरपालिका वडा नंबर २ अौरैयाको मनमोहन गेट नजिक चेकजाँच गर्ने क्रममा १४ लाख १५ हजार रुपैयाँ सहित भारत बिहारका पुर्वी चम्पारण जिल्ला तेलहरा कला ७ का ३९ बर्षीय संजय कुमार जयसवाललाई पक्राउ गरेको प्रदेश २ बाहिनीका डिआईजी गणेश ठाडा मगरले बताएका छन्। जयसवालले भारतबाट १४ लाख रुपैयाँ बीआर ०५ ए.एफ ८०५६ नंबरको मोटरसाइकल भित्र र आफ्नो शरिरमा लुकाई छिपाई ल्याई रहेको अवस्थामा ११ नंबर गण र प्रदेश २ बाहिनीका एसक्वाट टोलीले पक्राउ गरेको डिआईजी मगरले बताए । जयसवालले आफ्नो मोटरसाइकलको सिट भित्र र खुट्टा भित्र चाँपिएर ल्याइ रहेको अवस्थामा शस्त्र प्रहरीका एसक्वाट टोली गरेको डिआईजी मगरले बताए। पक्राउ पछि जयसवाललाई आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय गौरमा बुझाइएको डिआईजी मगरले बताए



ताजा खबर