महिला सहकारीको बचत ६ गुणाले बढ्यो

२०७८ पुष २५, आईतवार १४:५५


सन्तोष गुप्ता
सुनसरी, पौष २५ गते । वराहक्षेत्ररचतराको बयरबन महिला बचत तथा ऋण सहकारी संस्थाले करोड रुपैंया बढि बचत संकलन गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७र७८ मा करिव ६ गुणाले बढाएर निक्षेप संकलन गरेको हो ।

आइतवार सम्पन्न संस्थाको ७ औं साधारण सभामा लेखा प्रतिवेदन प्रंस्तुत गर्दै संस्थाकी सदस्य पुर्णकला राईले चालु आर्थिक वर्षमा १ करोड ३ लाख २ हजार १ सय ९३ रुपैंया बचत संकलन गरिएको बताईन् । आ।व। ०७६र७७ मा ६१ लाख ६ सय ६६ रुपैंया संकलन भएको थियो ।

संस्थाले १ करोड ६६ लाख २१ हजार २ सय रुपैंया ऋण प्रवाह गरेको छ भने गत आ।वको १ करोड ६८ हजार ९ सय ७१ रुपैंयामा ४४ प्रतिशतले बढत गर्दै यस वर्ष संस्थाले कुल २ करोड ४८ लाख १ हजार ९ सय रुपैंयाको कर्जा लगानी गरेको राईले बताईन् । उता संस्थाको बजार पुंजी करिव ३९ लाख रुपैंया रहेको उनले बताईन ।

कर्यक्रममा प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाको आर्थिक शाखा प्रमुख मातृका तिवारी रसंस्थाका अध्यक्ष रेनुकुमारी तिम्सिनाले उत्कृष्ट ऋणी दिलकुमारी राई र बचतकर्ता चन्द्रकला कार्कीलाई नगद १ हजार १ सय र प्रमाणपत्रले सम्मान गरेका थिए । संस्थामा ६ सय १२ जना सदस्यहरु रहेका छन् ।

साधारण सभाले संचालक सदस्य र लेखा संयोजकको खाली पदमा कल्पना पांडे र प्रमिता चौहानलाई सर्वसम्मत चयन गरेको अध्यक्षले बताईन् ।

रेनुकमारीको अध्यक्षतामा स्थानिय बोलबम धर्मशालामा भएको कार्यक्रमको संचालन कमला शर्माले राईले गरेकी थिईन् ।



ताजा खबर