बिधालयमा शिक्षकको रजाइ,बिद्यार्थी तासमा ब्यस्त

२०७८ पुष २७, मंगलवार १४:१८

जीतेन्द्र कुमार राम
जनकपुरधाम,पौष २७ गते । तराइ मधेशलाई लक्षित गरि अनेकन सरकारी गैरसरकारी संघसंस्था तथा शिक्षा मन्त्रालय बर्षौदेखी शिक्षाको स्तर सुधार योजना कार्यान्वयनमा ल्याइ सुधारप्रती नियमीत अग्रसर एवं अग्र भुमिकामा देखिन्छन।

देश बिदेशबाट शिक्षासम्बन्धित आबद्ध विभिन्न संघसंस्थाहरुले तराइमधेसमा खास गरि दलितको अवस्था दयनिय तथा शिक्षामा पहुच नहुदा बिदेशिने,भारततर्फ आयश्रोतको कारण लम्किने भएकोले अधिकांश परिवार अनपढकै गणनामा छन।

जति मात्रामा संघसंस्था शिक्षाको स्तर उकास्न अग्रसर छन त्यतिकै मात्रामा कतिपय ग्रामीण भेगका सामुदायिक बिधालयमा शिक्षकहरुले राजनीतिक स्थल र उदगम स्थल बनाएका कारण एकाएकी बोर्डिङ बिधालयहरु पनि ग्रामीण क्षेत्र समेतमा थपिदै गएका कारण सामुदायिक बिधालयमा बिद्यार्थीको चाप न्यून हुँदै गएका छन।

यस्तैमा धनुषाको एक स्थानिय तहमा पनि स्थानिय सरकारले जाडो बिदा दिएर बिदा समाप्त भएपनी शिक्षकको लापरबाहीका कारण बिधालय बन्द रहेको अवस्थामा त्यही बिधालयका बिधार्थीहरुमा चौरमा जुवातास खेलिरहेको अवस्थामा फेला परेका छन।

जिल्लाको हंसपुर नगरपालिका-६ स्थित श्री जनता राष्ट्रिय प्राथमिक बिधालय सोनिगामामा बिधार्थिहरु चौरमा तास खेलिरहेका अवस्थामा भेटिएका हुन।

“लगभग दुइतिन दिन जाडो र शितलहर एकाएकी बढेको भन्दै हंसपुर नगरपालिकाले उक्त नगरपालिकाका सवै सामुदायिक बिधालयलाइ गत बुधबारको कक्षालाइ निरन्तरता दिदै बिहीवार,शुक्रवार,शनिबार र आइतबार गरि ४ दिने बिदा दिएका थिए।तर पनि जनता प्रा.बि. सोनिगामाका प्रधानाध्यापक प्रकाश यादबले उक्त निर्णयलाइ अबहेलना गर्दै बिहिबार पनि कक्षा संचालनमा ल्याए र सवै बिधालय सोमबार खुले पनि उक्त बिधालयमा मात्र सोमबार पनि बिदालाई निरन्तरता दिए,”पियन सुरज मण्डलले बताउनुभयो।

“यो बिधालयको अवस्था यस्तै छ,कतिऔं पत्रकार,शैक्षिक संस्थाका कर्मचारी अनुगमन समिती आएपनी सुधार भएका छैनन,ब्यबस्थापन समिती पनि फर्केर आउदैनन।हुन त बिधालयमा थुप्रै बिद्यार्थी छन तर ती सवै रजिस्टरको पानामा मात्र सिमित छन जुन सरस्वती पुजा वा विभिन्न छात्रवृत्ति कार्यक्रममा मात्र देखा पर्छन।”एक स्थानिय प्रतिनिधिले बताउनुभयो।

अन्य दिनमा बिधार्थी पनि आउछन शिक्षक पनि आउछन तर बिधार्थी खेलमा र शिक्षक शिक्षिका मोबाइलमा मात्र ब्यस्त हुने गरेको तथा यहि कारणहरुले गर्दा आफू यो बिधालय छाडेर अन्यत्रको बिधालय रोज्नुपरेको एक बिधार्थी दिपेश राय बताउछन।

बिधालयकै एक बिद्यार्थीका अनुसार उहीँ बिधालयमा कार्यरत बालबिकासबाट नियुक्ती पाएकी एक शिक्षिका संजिला देवि मुखिया भने त्यही चौकमा रहेको फलफुल पसलमा नै बिधालयको समयमा पनि रह्ने गरेको नाम नखोल्ने सर्तमा बताउनुभयो।

यता थप जानकारी पाउने हेतु प्र अ यादवलाइ सम्पर्क गर्न खोज्दा निज प्र अको फोन लागे पनि फोन सम्पर्क हुन सकेन।



ताजा खबर