मधेशको जिल्लामा गोइँठा बैकल्पिक इन्धनको रुपमा प्रयोग गरिदै

२०७८ पुष २८, बुधबार १६:१७


शुभ नारायण यादव
सप्तरी ,२८ पुस । मधेशतिर गाई,भैसी लगायतको गोबरवाट कला र संस्कृति झल्कने कला रहेको छ ।
म्धेशको जिल्लाहरुमा गोबरमा हस्त कला झल्किने गोइठा बनाउने गरेको परमपरा रहेको छ । गाईबस्तुको गोबर विभिन्न प्रयोजनमा प्रयोग भइरहे तापनि गोबरमा समेत आफनो मौलिकताको कला र संस्कृति देख्ने गरेको छ ।
गाईबस्तुको गोबर संकलन गरेर खाना पकाउन बनाइने गुइँठामा हातको औलाले आफनो कला कोर्ने गरेको देखिन्छ । गुइँठा बनाइने क्रममा आफनो पहिचान सहितको विभिन्न कला, कौशल एवं संस्कृतिसँग मेल खाने गरेको छ ।
गुइँठाको संरचनासंग मेल खाने हुँदा रंगीचङ्गी बनाएर नाटक, नाँच तथा मनोरञ्जनात्मक मुर्ति बनाउने गरिन्छ । काँचो गोबरको गुइँठा बनाउने क्रममा महिलाले हस्तकला, मूर्तिहरु गुइँठामा बनाएर धाममा सुकाउने गरेको छ । गुइँठामा कला पारखीहरुले सुकेको गुइँठामा मुर्ती बनाइएको हुन्छ ।
मधेशका जिल्लामा घरमा बच्चा जन्मिएपछि प्रसूति र बच्चालाई न्यानो पार्न तथा टुनामुना नलाग्न पनि गुइँठाको आगो बाल्ने परम्परागत रहेको स्थानीय सुकदेव यादवले बताउनुभयो । त्यस्तै, घरको देउतालाई सररको धुप बाल्न पनि गुइँठाको आगो अनिवार्य चाहिने गरेको र त्यसकै खरानी निधारमा लगाउने गर्दा रोग नलाग्ने गरेको उहाँले बताउनुभयो ।
गाईको गोबरले प्राय महिलाले बनाइने गुइँठा दाउराको रुपमा अत्यधिक प्रयोग हुनेगरेको छ । दाउरा बाहेक अन्य प्रयोजनमा गुइँठाको प्रयोग हुने गरेको छ । मधेशका जिल्लामा गोवरको गोरहा पनि बनाउने गरेको छ । गोवरवाट जुट (सन्ठी) हालेर सबभन्दा लामो, पराल वा सन्ठी बीचमा राखेर डेढ दुई फिट लामो, धानको भुस मिसाए गोलाकार, चेप्टो गुइँठा पनि बनाउने गरेको छ । स्थानीय वोलचालको भाषामा लामो आकारकोलाई गोरहा, सानो लामोलाई गुइँठा, गोलो आकारलाई चेपरी भन्ने गरीनछ ।
ग्रामीण भेगमा काठ दाउरा र ग्यासको सट्टामा परम्परागत रुपमै खाना पकाउन, आगो बाल्न, ताप्न, वर्षभरी पुग्नेगरी गुइँठा बनाएर राखिने गरेको देखिन्छ । ग्रामीण भेगका महिलाद्वारा गाईवस्तुको गोबरलाई मुछेर तयार पारिने गोरहा बाल्नका लागि सुरुमा झन्झटिलो भएपनि बैकल्पिक ऊर्जाको रुपमा गोरहा र गुइँठा प्रयोग गर्न थालिएको स्थानीय बताउँछन ।
गोरहा र गुइँठा बैकल्पिक इन्धनको रुपमा प्रयोग गरिरहेको स्थानीयको भनाई छ । मधेशका जिल्लामा ओशतमा ६५–७५ प्रतिशत घरधुरीले गोवरको गोरहा, गुइँठा, गोरहन्नीबाट खाना पकाउने गरेको छ ।



ताजा खबर