नितेश कुमार पटेल
सर्लाही,पौष ३० गते । जनमत पार्टीद्वारा सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा प्रदर्शन
सिके राउत नेतृत्वको जनमत पार्टीले आज शुक्रबार सर्लाही जिल्लाको मलङ्गवामा प्रदर्शन गरेको छ । जनमत पार्टी उपत्यका समन्वय समितिले किसानहरूको माग सम्बोधन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय को अगाडि विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, भ्रष्ट कृषि मन्त्री मुर्दा बाद, समयमा मल सिँचाइको व्यवस्था गर’जस्ता नाराहरु लगाएका थिए । बर्सेनि किसानले मल अभाव झेल्दै आएका छन् । प्रत्येक वर्ष किसानले मलका लागि संघर्ष गर्दै आएका छन् भने चिनी मिलले भुक्तानी नदिँदा उखु किसान पनि पीडित हुँदै आएका छन् । यही बेला किसानको मुद्दा लिएर जनमत पार्टी आन्दोलनमा उत्रिएको छ।