पेस्तोलसहित एक जना पक्राउ

२०७८ माघ ३, सोमबार १०:२४

सिरहा,माघ ३ गते । सिरहा जिल्लाको गोलबजारबाट पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–६, डोहटिया टोलका २७ वर्षीय पंकजकुमार महतो रहेका छन् ।

शनिवार राति प्रहरीले महतोको साथबाट म्याग्जिन नभएको एक थान पेस्तोल बरामद गरेको थियो ।
महतोले आफ्नै घरमा हातहतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले हतियार सहित महतोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले मध्यान्हलाई जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



ताजा खबर