कोरोनाको उच्च जोखिममा चितवन, केहि दिनयता ह्वात्तै बढ्यो संक्रमित

२०७८ माघ ३, सोमबार १०:३५

चितवन,माघ ३ गते । चितवनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता संक्रमण निरन्तर बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ ।

सक्रिय संक्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना संक्रमण बढ्दै गएको हो । पुस २५ गते जिल्लामा ८२ जना सक्रिय संक्रमित रहेकोमा माघ २ गते परीक्षण गरिएकोमा १९० जनामा कोरोना संक्रमण देखिएको छ । जस अनुसार जिल्लामा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ८२८ जना पुगेको छ ।
केहिदिन अघि जिल्लाका चार वटा प्रयोगशालामा ४११ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा १५० जना र एन्टिजेन परीक्षणबाट ९० जनाको गरिएकोमा ४० जनामा संक्रमण पुष्टि भएको हो । कार्यालयका अनुसार संक्रमित प्रतिशत ३७ मा पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् ।

पिसिआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण बढ्दै जान थालेको ढकालले बताइन् । उनका अनुसार अहिले जिल्लामा दैनिक कोभिड परीक्षण दर र संक्रमण दर बढ्दै गएको छ । सक्रिय संक्रमित बढेको भए पनि जिल्लामा सावधानी भने अपनाएको पाइदैन । माक्सकको प्रयोग बढेपनि भीडभाड कायमै रहेको छ ।



ताजा खबर