काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखामा आवद्ध सदस्यलाई मंगलबार कोरोना बिरुद्ध बुस्टर खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयको सहयोग तथा सो शाखाको संयोजनमा मंगलबार कोरोनाविरुद्धको तेस्रो खोप दिन लागिएको हो ।
पुल्चोकस्थित नेपाल परिवार नियोजन संघको केन्द्रीय कार्यालयमा भोलि बिहान ९ बजेदेखि लगाउन थालिने शाखाका सचिव रामहरि कार्कीले बताए। उनले भने, “खोप लगाउन आउँदा महासंघले जारी गरेको परिचयपत्रका साथै यसअघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबै सदस्यलाई अनिवार्य साथमा लिएर आउन अनुरोध गरिएको छ ।” उक्त खोप लभगग दुई सय पत्रकारले लगाउने अपेछा गरिएको सचिव कार्कीले जानकारी दिए।