लोसपा केन्द्रीय सदस्य परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश

२०७८ माघ ६, बिहीबार ०६:३०

रामनारायण ठाकुर
सिरहा,माघ ६ गते ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.५ मा नेपाली कांग्रेसका पार्टी कार्यालय उद्घाटन कार्यक्रममा लोसपाका केन्द्रीय सदस्य तथा आदिवासी जनजाति प्रदेश नं।२ का कोषाध्यक्ष परित्याग गरी प्रदिप मण्डल नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
जि।सिरहा मिर्चैया न।पा।५ स्थित संस्था चौकमा नेपाली कांग्रेस पार्टिको क्षेत्रीय कार्यालय सिरहा क्षेत्र नं।४ ,प्रदेश क्षेत्र ४ क ,नगर कार्य समिती मिर्चैया को पार्टी कार्यालय उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा नवप्रवेशीका प्रदिप मण्डललाई अबिर मालाले स्वागत तथा सम्मान गरि पार्टीमा प्रवेश गराएको छ ।

उद्घाटन कार्यक्रम नेपाली कांग्रेस सिरहा क्षेत्र नं.४ को क्षेत्रीय सभापती सिताराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवको उपस्थिति र बिशेश अतिथिहरूमा नेपाली कांग्रेसका यूवा नेता तथ तरूण दल विभागका केन्द्रीय सदस्य कपिल देव साह लगायत तरूण दलका केन्द्रीय पूर्व उपाध्यक्ष मोतिलाल श्रेष्ठ, नेपाली कांग्रेस सिरहा प्रदेश क्षेत्र नं।४(क) का सभापति धनेश्वर यादव (दिपेन्द्र) मिर्चैया नगरपालिका नेपाली कांग्रेसका सभापति रमेश न्यौपाने लगायत नेपाली कांग्रेसका नेता कार्याकर्ताहरूको उपस्थिति रहेका थिए ।



ताजा खबर