सर्लाहीमा नदीजन्य पदार्थको उत्खनन् हुँदै
नितेश कुमार पटेल
सर्लाही, माघ ८ गते । सर्लाहीमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् हुँदै गरेको पाइएको छ। सर्लाहीको हरिपूर्वा नगरपालिका–९ बगेवा स्थित हर्दी नदीमा अवैध रुपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन् भएको अवस्था देखिएको छ। यहाँको स्थानीय मंगल कुमार सिंह ले जानकारी दिए अनुसार हामी पटक पटक नजिकको प्रहरी चौकी मा जानकारी गराए पनि अहिलसम्म उत्खनन् नरोकेको कारणले जता तितै खाल्डो हुँदै गरेका कारणले यहाँको स्थानीयहरु आक्रोसित बनेका छन्। सिंहले जानकारी गराएका अनुसार करिब, एक महिना देखि नदीजन्या पदार्थ उत्खनन् तिब्ररुपमा बढे पनि हाल अहीले सम्म प्रहरीले एउटा पनि ट्रक्टर लाई नियन्त्रणमा नलिएको जानकारी गराएका छन्।
सर्लाहीमा नदीजन्य पदार्थको उत्खनन् हुँदै
२०७८ माघ ८, शनिबार १५:०४
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer