विघालयको भवन भत्काउन व्यवस्थापन समितिले टेरेन स्थानीय निकाय मौन

२०७८ माघ १०, सोमबार ०९:२०


शुभ नारायण यादव
सप्तरी,माघ १० गते ।
सप्तरीको महादेवा गापा १ स्थित नर बहादुर थापा जनता माध्यमिक विघालय पकरी गोठ सोनराको भवन भत्काउन कुनै आर्थिक चलखेल नभइ विघालय व्यवस्थापन समितिले लापरबाही गरेको बताएका छन ।
आर.आर. एन.को सहयोगमा निर्माण भएको दुई कोठे भवनलाई भत्काएर सोही ठाउँमा प्रदेश सरकारको सहयोगमा ५० लाखको लागतमा दुई कोठे भवनलाई भत्काउन स्थानीय तहलाई नटेरि एक लोटि रुपमा भवन भत्काउन लागेको आरोप महदेवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम लखन यादवले बताएका छन ।

आर.आर.एन.को सहयोगमा केही वर्ष अधि १२ लाखको लागतमा निर्माण भएको दुई कोठे भवनलाई भत्काएर सोही ठाउँमा भवन बनाउन सुरेन्द्र यादव,उपभोक्ता समितिका अध्यक्ष हरि नारायण यादव, विघालय ब्यवस्थापन समिति अध्यक्ष सन्तोष यादव,इन्द्रदेव यादव,जोगेन्द्र यादव,लगायतसंग महादेवा गापाका अध्यक्ष दिपक कुमार यादव,पुर्व विघालय ब्यवस्थापन समिति अध्यक्ष महेन्द्र यादवले आर्थिक लेनदेनमा भवन बनाउन सहमत भएको कुरा कपोकल्पित रहेको अधिकृत यादवको भनाइ रहेको छ । यसअघि सहमती नभएको समयमा महादेवा गापाका अध्यक्ष दिपक कुमार यादवले विघालयको भवन नभत्काउन पत्राचार गरेर रोक लगाएको थियो तर अहिले आएर फेरि विघालय व्यवस्थापन समितिले आफुखुशि गाउपालिकासग कुनै समन्वय नगरि पुन भवन भत्माउन लागेको जनाएको छ । आर.आर.एन.को सहयोगमा निर्माण भएको दुई कोठे भवन अझै लामो समयसम्म सो कोठावाट पठन पाठन योग्य रहेपनि स्थानीय केही व्यक्तिहरुले राजनीतिक आडमा सो भवन भत्काइ नया भवन निर्माण गर्न लागेको स्थानीयहरुको कथन रहेको छ ।



ताजा खबर