सिरहाको मैनावत्ति खोलामा पुरुषको शव भेटियो

२०७८ माघ १०, सोमबार ०९:२४

सिरहा,माघ १० गते । सिरहाको गोलबजारमा नदिको पानीमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । गोलबजार नपा ८ भाईजीटोलको पूर्वपट्टि मैनावत्ति नदीको निर्माणधिन पुल नजीक पानिमा तैरिरहेको अवस्थामा शव फेला परेको हो ।
आज विहानै स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेपपछि अहिले प्रहरी घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । लाश कसको हो भन्ने पानीबाट निकालेपछि केही खुल्ने प्रहरीले बताएको छ ।



ताजा खबर