सप्तरीमा फेरि ट्रकमा आगजनी

२०७८ माघ १२, बुधबार ०७:०५


सप्तरी,माघ १२ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीमा फेरि एक ट्रकमा आगजनी भएको छ । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा न.–४ विशाल चौकस्थित पूर्वतर्फ गइरहेको ना ५ ख १९११ नम्वरको ट्रकमा गए राति आगजनी भएको हो । कुखुराको दाना बोकेर गइरहेको सो ट्रकमा राति करिब ११ बजेतिर आगजनी भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपि रामकुमार यादवले जानकारी दिनुभयो । उहाका अनुसार ट्रकमा ‘कसले र किन आगजनी गरेको विषयमा अनुसन्धान भइरहेको छ’ तथा ‘चालक पनि सम्पर्कमा आएको छैन् ।’यता अज्ञात समूहद्वारा गरिएको आगजनीले ट्रक पूर्ण रुपमा जलेको छ । यसअघि पुस १६ गते पनि सोही गाउँपालिका वडा नं.५ स्थित महुली पुलमा एक ट्रक जलाइएको थियो ।



ताजा खबर