सन्तोष गुप्ता
वराहक्षेत्र । १५ औं नोना कोईराला स्मृति दिवसको अवसरमा, नेपाल महिला संघको सुनसरी जिल्ला कार्य समितिले वराहक्षेत्रको वृद्धावृद्धा लाई सम्मान गरेको छ । शुक्रवार आयोजित कार्यक्रममा चतरा स्थित राधाकृष्ण भक्ति साधना आध्यात्मिक प्रतिष्ठान सम्बद्ध प्रथम जगद्गुरु पीठका वृद्धवृद्धालाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस पार्टीको सुनसरी जिल्ला सभापति केदार भण्डारी लगायत महिला संघ जिल्ला सभापति विजया कटुवाल लगायत नेताहरुले पीठका ३५ जेष्ठनागरिक वृद्धवृद्धालाई चामल,दाल,चिउरा,तेल लगायतको खाद्यान वितरण गरि शल ओढाएर सम्मान गरिएको संघकी सचिव निर्मला शाक्यले बताईन् ।
कार्यक्रममा प्रमुख अतिथि भण्डारीले नेपालको राजनितिमा प्रभावशाली महिला नेता नोना कोईरालाले लोकतन्त्र स्थापनाको लागि गरेको योगदानको चर्चा गरे ।
विशेष अतिथिहरु पर्टीको प्रदेश सभा ‘ख’ सभापति मुरारी भट्टराई, सुनसरी जिल्ला क्षेत्र नं १ सुजेन्द्र तामाङ्गले, नेतृ र्कोईरालाले राजनितिमा महिलाको भुमिका रचानात्मक र उनीहरुको अनिवार्य उपस्थिती लाई शसक्त बनाउँनेमा महत्वपूर्ण भुमिका खेलेको बताए ।
कार्यक्रममा वराहक्षेत्र नगर सभापति रमेश कार्की,महिला संघ उसभापति दुर्गा खरेल,क्षेत्रिय सभापति कल्पना कार्की प्रदेश नं १ ‘क’ सभापति निर्मला नेपाल शर्मा, ‘ख’ सभापति चित्र कुमारी राई, इनरुवा नपाका उपमेयर तथा जिल्ला कोषाध्यक्ष ललिता अधिकारी, धरानकी कोपिला गौतम,वराक्षेत्र नपा नपा पूर्व सभापति नरायण नेपा, वार्ड नं सभापति ईश्वर थापा, २ का सभापति अमर कटुवाल र युवराज भट्टराईको उपस्थिती रहेको थियो ।
विजया कटुवालको अध्यक्षतामा भएको,स्थानिय जगद्गुरु पीठ परिषरमा भएको कार्यक्रमको सञ्चालन निर्मला शाक्यले गरेकी थिईन् ।