वीरगंज । नेपाल निजामती कर्मचारी संंगठन पर्साले शाखा अधिकृतमा सिफारिस भएका कर्मचारीहरुलाई सम्मान गरेको छ । संगठनले जिल्ला समन्व समिति पर्सा नजिक रहेको आफ्नै भवनमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी पर्साका नवप्रवेशी शाखा अधिकृतहरुलाई सम्मान गरेको हो ।
संगठनले शाखा अधिकृतमा सिफारिस भएका अनामिका रौनियार, संदिप कुमार पटेल, महमद नवाज हुसेन, रेखा कुमारी, राकेश ओझा, मुन्ना साह रौनियार, श्यामबाबु राउत, सुमित कुमार सिंह र गौरीशंकर कुमार सिंहलाई सम्मान गरेको हो ।
संगठन पर्साका अध्यक्ष अमिति कुमार गिरीको अध्यक्षता र नेकपा एमालेका केन्द्रिय सदस्य अरविन्द सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन पर्साका अध्यक्ष सुबादार यादव, धोबिनी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजु साह, जिल्ला निर्वाचन कार्यालय बाराका निर्वाचन अधिकारी सरोज कुमार चौधरी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन संगठन पर्साका सचिव सुरेन्द्र यादवले गरेका थिए ।
कर्मचारी संगठनद्वारा नव प्रबेशी शाखा अधिकृतहरुलाई सम्मान
२०७८ माघ १९, बुधबार ०७:२७
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer