शितलहर प्रभावित परिवारलाई राहत वितरण

२०७८ माघ १९, बुधबार १७:२३

शुभ नारायण यादव
सप्तरी,माघ १९ गते ।
सप्तरीको बिष्णुपुर गाउपालिकाका शितलहर प्रभावित गरिब ,विपन्न समुदायलाई आपतकालिन सामग्री स्वरुप राहतका विभिन्न सामग्रीहरु वितरण गरेको छ।

सम्भावित शितलहर आपतकालिन प्रतिकार्य परियोजना अन्तरगत सप्तरीको बिष्णुपुर गाउपालिकाको समन्वयमा केएर नेपाल , एक्सन एड नेपाल ,मर्सि क्रप्स र राष्ट्रिय कृषक समूह महासङ्घ नेपालले त्यहाका ९० जना शितलहर प्रभावित परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेका हुन । ती परिवारलाई राहत स्वरुप दाल ,चामल ,चिनि ,नुन , तेल ,कम्बल ,फाइवर ,अण्डा ,गर्भवती महिलाहरुलाइ पोष्टिक युक्त समानहरु वितरण गरेका छन । एक परिवारलाई झण्डै १५ हजार मूल्य बरावरको सामग्रीहरु वितरण गरेको सस्थाका खुशिलाल यादवले जानकारी दिनुभयो । शितलहरको बेला यस्ता राहतका विभिन्न सामग्रीहरु पाएपछि खुशि ब्यक्त गर्छन बिष्णुपुर गाउपालिका वडा न.३ कि सुनिता देवि गुप्ता । उहाँ जस्तै राहत पाउने गरिब, विपन्न समुदायका ब्यक्तिहरुले राहत वितरण गरेकोमा धन्यवाद ब्यक्त गरेका छन । यसेबित उक्त राहत बितरण समारोहमा जसपाका नेता नरेन्द्र यादव , युवा पत्रकार शुभ नारायण यादव , बिष्णुपुर गाउपालिका वडा न.३ का वडाअध्यक्ष रामेश्वर यादव , वडा न.६ का वडाअध्यक्ष बहादुर सदा , श्री मण्डल ,राम प्रसाद खङ्ग ,उमा देवि लगायतकाहरुले धन्यवाद ब्यक्त गरेका छन ।



ताजा खबर