सप्तरीको महदेवामा विघालय व्यवस्थापन समितिले जथाभावी काम गरे

२०७८ माघ २०, बिहीबार ११:५२

शुभ नारायण यादव
सप्तरी,माघ २० गते ।
सप्तरीको महादेवा गाउपालिका १ स्थित रहेको नर बहादुर थापा जनता माध्यमिक विघालय पकरी गोठ सोनराको भवन भत्काउन सार्वजनिक खरीद ऐन र नियमावली विपरित विघालय व्यवस्थापन समितिले जथाभावी मोनोपोली ढंगले काम गरेको बताएका छन ।
आर.आर. एन.को सहयोगमा निर्माण भएको राम्रो अवस्थामा रहेको दुई कोठे भवनलाई भत्काएर सोही ठाउँमा मधेस सरकारको ५० लाखको लागतमा बनाउन खोजेको छ । राम्रो अवस्थामा रहेको दुई कोठे भवनलाई भत्काउन अधि गापालाई कुनै किसिमको जानकारी नभएको महादेवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम लखन यादवले बताएका छन । स्थानिय सरकारको क्षेत्राधिकार भित्र सरकारी तथा गैरसरकारी कुनै किसिमको निर्माण कार्य सार्वजनिक खरीद ऐन र नियमावलीको अधिन भित्र गर्नु पर्ने प्रावधानलाई विघालयका प्रधानाध्यापक प्रदिप कुमार चौधरी र विÞव्यÞसमितिले नटेरि एक लोटि रुपमा भवन भत्काएको महादेवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत यादवले बताएका छन । आर.आर.एन.को सहयोगमा केही वर्ष अधि ८ लाखको लागतमा निर्माण भएको दुई कोठे भवनलाई भत्काएर सोही ठाउँमा भवन बनाउन उपभोक्ता समितिका अध्यक्ष हरि नारायण यादव, विघालय ब्यवस्थापन समिति अध्यक्ष सन्तोष यादव,इन्द्रदेव यादव,जोगेन्द्र यादव,लगायतले जथाभावी भवन भत्काउनुको साथै विभिन्न जातका रुख समेत कटान गरिएको छ । महादेवा गापाका अध्यक्ष दिपक कुमार यादवसगं बुझदा आफुलाई यस विषयमा जानकारी नरहेको सञ्चारकर्मीलाई बताए । विघालय व्यवस्थापन समितिले आफुखुशि गाउपालिकासग कुनै समन्वय नगरी भवन भत्काएको जनाएको छ । विघालयको भवन भत्काउन सार्वजनिक खरीद ऐन र नियमावली विपरित प्रधानाध्यापक ,विघालय व्यवस्थापन समितिले जथाभावी मोनोपोली गरेको भन्दै विदान्नद यादव,विनोद यादव, अरुण यादव,शंकर सदा,प्रमेश्वर सदा,अरुण महतो,राधेश्याम यादव,पत्रकार देवराम यादव,राम गति यादव,रमेश यादव,छेदी यादव,विन्देश्वर यादव,अरुण यादव( पकरी)पंकज यादव,राम कुमार यादव,देवराम यादव,मोÞफिरयाद ,मो. ईसमाइल,श्रवण यादवलगायतको ब्यक्तीहरु गापा अध्यक्ष दिपक कुमार यादव कहा डेलिगेशनमा सहभागी भएको थियो । आर.आर.एन.को सहयोगमा निर्माण भएको दुई कोठे राम्रो अवस्थाका भवन अझै लामो समयसम्म सो भवनवाट पठन पाठन योग्य रहेपनि स्थानीय केही व्यक्तिहरुले राजनीतिक आडमा सो भवन भत्काइ नया भवन निर्माण गर्न लागेको स्थानीयहरुको कथन रहेको छ । आर.आर.एन.को सहयोगमा निर्माण भएको दुई कोठे राम्रो अवस्थाका भवन सार्वजनिक खरीद ऐन र नियमावली विपरित प्रधानाध्यापक ,विघालय व्यवस्थापन समितिले जथाभावी मोनोपोली ढंगले भत्कएको सव ईन्जिनियर रविन्द्र कुमार मण्डलले डेलिगेशन समक्ष बताएका छन ।



ताजा खबर