शुभ नारायण यादव
सप्तरी,माघ २३ गते । जनता समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुका साथ केन्द्रीय सदस्य कल्पना चौधरी नेकपा (एमाले) मा प्रबेश गर्नुभएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा न.–९ स्थित रुपनगरमा आज आयोजित एक कार्यक्रमका बीच केन्द्रीय सदस्य चौधरी जसपा परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कञ्ंचनरुप नगर समिति संयोजक बच्चुलाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका पोलिटव्युरो सदस्य सुमन प्याकुरेलले माला र अविर लगाएर चौधरीलाई पार्टी प्रवेश गराउनु भयो ।
चौधरीको साथमा कञ्चनरुप नगरपालिका वडा नम्बर ७ मा जसपाबाट निर्वाचित वडा सदस्य निर्मला चौधरी, सप्तकोशी नगरपालिकामा जसपाबाट उपप्रमुख पदका प्रत्यासी उम्मेदवार रम्भा सरदार, सप्तकोशी नगर समिति सदस्यहरु बाबुराम चौधरी, नन्दलाल चौधरी लगायतका ३२ जना नेता, कार्यकर्ता जसपा परित्याग गरि एमालेमा प्रबेश गर्नुभयो ।
नव प्रबेशीहरुलाई पोलिटब्युरो सदस्य प्याकुरेल, केन्द्रीय सदस्य एवम् सप्तरी जिल्ला ईन्चार्ज दिवाकर देवकोटा, केन्द्रीय सदस्य एवम जिल्ला सह ईन्जार्ज राजकुमार लेखी, केन्द्रीय सदस्य एवम् सह ईन्चार्ज सरिता गिरी लगायतले माला अबिर लगाएर पार्टी प्रबेश गराउनु भयो ।
उक्त पार्टी प्रवेश कार्यक्रममा कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रा, सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार गौतम, पार्टीका प्रदेश सदस्य बोधराज सुवेदी लगायतका जिल्ला स्तरीय नेताकार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।
जसपाकि केन्द्रीय सदस्य चोधरि नेकपा एमालेमा प्रवेश
२०७८ माघ २३, आईतवार १३:३५
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer