शुभ नारायण यादव
सप्तरी,माघ २३ गते । सप्तरीको बोदे बर्साईन नगरपालिकामा एक युवकले आफनै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । आगोमा जलेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको छ ।
सप्तरीको बोदेबर्साइन नगरपालिका वडा न.१ धनगढी बस्ने प्रमेश्वर साहले आफ्नै अन्दाजी २८ बर्षिया भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको उपचारको क्रममा मृत्यु भएको हो । गत माघ २१ गते बिहान घरमा खाना पकाइरहेको अवस्थामा २० वर्षीय प्रमेश्वरले २८ वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
राजकुमारीको शरीरको विभिन्न भाग जलेपछि गम्भीर घाइते उनको तत्काल खडक नगरपालिका स्थित कल्याणपुर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि विराटनगर लगिएको थियो । उनको उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एव प्रबक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
डिएसपि काफ्लेका अनुसार राजकुमारीका ३० वर्षीय पति रबिनकुमारले आफू काम विशेषले घर बाहिर रहेको समयमा आफ्नै भाइले श्रीमतिको शरीरमा आगो लगाएको भन्दै ईलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका छन् ।
यता सो घटना पछि आरोपित फरार रहेको तथा उनको खोजि कार्य तिर्व रुपमा भईरहेको सप्तरी प्रहरीले जनाएको छ ।
सप्तरीमा देवरले भाउजूलाई पेट्रोल छर्केर आगो लगाउदा मृत्यु
२०७८ माघ २३, आईतवार १३:३७
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer