शुभ नारायण यादव
सप्तरी,माघ २४ गते । राष्टिय कृषक समुह महासंध नेपालको संस्थागत विकास तथा पहुच सम्बन्धी अन्तरक्रिया यहा एक कार्यक्रम विच सोमवार सम्पन्न भएको छ ।
सो अन्तरक्रियामा वक्ताहरुले तिन तहका सरकारको निति तथा नियत खराव भएको कारण किसानले समयमा मल,खाध,बिउ विजन,सिचाई ,किसानले उत्पादन गरेको अनाजको समर्थन मुल्य समेत पाउनवाट बन्चित रहेको बताए । अनुदानको नाममा हुने खालेले अनुदान पाउने गरेको आरोप बक्ताहरुले लगाए ।
राष्टिय कृषक समुह महासंध नेपाल सप्तरीका अध्यक्ष सुखि लाल यादवको अध्यक्षता तथा महासंधका मधेस अध्यक्ष मुक्ति नारायण यादवको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा कुषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादव, महासंधका केन्द्रिय सदस्य सुमित्रा देवी चौधरी, महासंधका सप्तरी सचिव तथा प्रदेश सह सचिव भुपेन्द्र प्रसाद यादव,तेज नारायण यादव, कुषि ज्ञान केन्द्रका अधिकृत दिनेश प्रसाद यादव,राम रतन साह,योगेन्द्र यादव,रामसेवक यादव,गंगाराम यादव,ईन्द्रदेव मेहता,रामेश्वर चौधरी,देव सुनैर देवी यादव,बिन्देश्वर महतो,पत्रकार देवराम यादव,लगायतले किसानले भोग्दै आएको समस्याको वारेमा आ आफनो विचार राखेका थिए । राष्टिय क्ृषक समुह महासंध नेपाल सप्तरीले कुषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादवलाइ सम्मानपत्रवाट सम्मान गरीएको थियो ।
कृषक समुह महासंधको संस्थागत विकास तथा पहुच सम्बन्धी अन्तरक्रिया
२०७८ माघ २४, सोमबार १४:२६
संबन्धित खबर
© 2023 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer