अमित ठाकुर
रौतहट,माघ २६ गते । रौतहटमा गत बर्ष भएको हनुमान मन्दिरको पुजारी श्री राम साहको हत्या प्रकरणको अनुसन्धान फितलो भएको कारण हत्या प्रकरणमा नयाँ तरङ्ग आएको हो। गत बर्ष ०७७ भदौ ३ गते माधवनारायण नगरपालिकाको खेसरहियामा अवस्थित हनुमान मन्दिरको पुजारीको हत्या भएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाह र मधेश प्रदेशका तत्कालीन डिआईजी धिरज प्रताप सिंहको फित्लो अनुसन्धानको कारण अहिले सम्म पुजारी हत्याकाण्डको टुङ्गो लागेको छैन्।पुजारी साहको हत्याकाण्डको मुख्य नाईके को हो भने अहिले सम्म अतोपतो नरहेको केही तथ्य बाहिरीएको हो। पुजारी हत्याकाण्ड बारे तालिम प्राप्त कुकुर संग परिक्षण गराउँदा अन्य ब्यक्तिको नाम बाहिरीएता पनि त्यो समय प्रहरीको फितलो अनुसन्धानको कारण दोषी भन्ने अर्को ब्यक्तिलाई बनाए। पुजारी हत्याकाण्डको १३–१४ दिन सम्म प्रहरीको डायरीमा अज्ञात समूह पछि अचानक देवाही गोनाही नगरपालिका करुणियाका वडा अध्यक्ष शेख नुरुल्लाहको नाम सार्वजनिक भयो। पुजारी हत्याकाण्ड भन्दा ३÷४ दिन पहिला देवाही गोनाही नगरपालिका वडा नंबर १ मा रहेका कमदेई खोलामा माछा मार्ने जालको कारण बिवाद हुुँदा दुई पक्ष बिच झडप भएको थियो। झडपमा लगभग ७÷८ जना घाइते पनि बनेको थियो। करुनियाको कमदेई खोलामा भएको घट्नामा घाइते भएका नै ब्यक्तिहरु खेसरहीया घट्नाका सरकारी गवाह बने। झगडामा संलग्न भने दुई जना बालकुमार पटेल र राम नरेश पटेल केही दिनका लागि फरार भए। फरार पश्चात् नेपाल प्रहरीले दुवै पटेललाई पक्राउ गरि जितपुर प्रहरी कस्टडीमा राखे। दुवै जनालाई प्रहरीले दुई पक्ष बिच झगडाको घट्ना लिएर दुवै पटेललाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ पछि बाल कुमार पटेललाई चरम यात्ना दिन सुरु गरे। प्रहरीले पटेललाई राती आँखामा पट्टी लगाई जङ्गलमा लगी यात्ना दिन सुरु गरे पिडित पटेलले बताए। पक्राउ पछि पटेललाई थाहै थिएन् कि मलाई पुजारी हत्याकाण्डमा समात्यो। प्रहरीले पटेललाई जङ्गलमा लगी यात्ना दिन सुरु गरे। पछि जितपुर प्रहरीले पुजारी हत्याकाण्डमा संलग्न वडा अध्यक्ष शेख नुरुल्लाह सहित ७ जनाको नाम वाईट बोर्डमा लेखी जबर्जस्ती भन्न लगाए। आफुले भन्न नमान्दा जितपुर प्रहरीले झण बढी यात्ना दिन सुरु गरे। आफु संग माछा मार्ने जालको कारण झडप हुँदा म भारतमा फरार भए। पुजारी हत्याकाण्डको बारेमा मलाई केही अतोपतो नरेको खण्डमा जितपुर प्रहरीले जबर्जस्ती वडा अध्यक्ष नुरुल्ला सहित ७ जनाको नाम वाईट बोर्डबाट भन्न लगाए। प्रहरीको फितलो अनुसन्धान र घटनालाई चाँडै समाप्त गर्न प्रहरीले सम्पुर्ण दोषी वडा अध्यक्ष नै रहेको भन्दै अनुसन्धान समाप्त गरे। पुजारी हत्याकाण्डमा वडा अध्यक्ष शेख नुरुल्लाको नाम चर्चा कसरी आए ?
देवाही गोनाही नगरपालिका वडा नंबर १ का वडा अध्यक्ष शेख नुरुल्लाहको पुर्वज देखि नै राजनीतिक क्षेत्रमा लागेका छन्। वडा अध्यक्ष नुरुल्लाहको बाबा, बुवा पनि वडा अध्यक्ष थिए। गाउँमा वडा अध्यक्ष नुरुल्लाहको पुर्खौली राजनीतिक हेरी बिपक्षीहरुले षड्यन्त्र गरि पुजारी हत्याकाण्डमा फसाउन चाल खेले। हत्याकाण्डमा संलग्न ब्यक्ति अरु नै रहेको हुँदा बिपक्षीहरुले प्रहरीको संलग्नतामा जबर्जस्ती मेरो नाम फसाउन षड्यन्त्र गरे। बिपक्षीहरुलाई गाउँमा राजनीतिक गर्न अरु कुनै बिकल्प नरहेको हेरी मलाई यसै पुजारी हत्याकाण्ड फसाई गाउँमा राजनीतिक गर्न बिपक्षीहरुले योजना बनाए। पछि म पक्राउ हुँदा आफू दोषी ठहर नभए पछि रिहा पनि भए। पुजारी हत्याकाण्डको मुख्य नाईके अर्कै ब्यक्ति रहेको हुँदा प्रहरीले त्यो बेला फित्लो अनुसन्धान गरे। त्यो बेला हत्याकाण्ड अनुसन्धान तालिम प्राप्त कुकुर संग गराउँदा अरु ब्यक्तिलाई पहिचान गरेता पनि षड्यन्त्र गरि मलाई फसाए। प्रहरीले अनुसन्धान गर्ने ब्यक्तिलाई राजनीतिक ईसुका कारण तिनीहरुलाई सरकारी गवाह बनाए। पुजारी हत्याकाण्डमा प्रहरीको फित्लो अनुसन्धानका कारण मुख्य नाईके अहिले पनि दोषी ठहर नभई बाहिरनै घुमिरहेका वडा अध्यक्ष नुरुल्लाहले बताए ।
पुजारी हत्याकाण्डको नयाँ तरङ्ग,अनुसन्धान हुनु पर्ने ब्यक्ति नै सरकारी गवाह
२०७८ माघ २६, बुधबार ०९:४९
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer