मिर्चैया नगरपालिकामा गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण

२०७८ माघ २७, बिहीबार ०६:२६


रामनारायण ठाकुर
सिरहा,माघ २७ गते ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गरिएको छ ।
बिशेष नापी कार्यालय मिर्चैया,सिरहाको आयोजनामा आज मिर्चैया नगरपालिका वडा नं. २ मल्हनिया खोरीको वडा कार्यालय परिसरमा वडा नं.१ र २ (साविक रामपुर विर्ता र मल्हनिया खोरी) को गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यक्रममा वडा नं. १ मा ४ सय ५० पुर्जा संख्या र वडा नं .२ मा ५ सय ५४ पुर्जा संख्या रहेको छ ।
विशेष नापी कार्यालय मिर्चैया सिरहाका कार्यालय प्रमुख दिलिप कुमार सिंहले बताए ।
गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्नु भएको छ ।
उक्त जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यक्रम नापी विभाग का महानिर्देशक प्रकाश जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठको उपस्थिति र बिशेष अतिथि हरूमा भूतपूर्व शान्ति तथा पुनः निर्माण मन्त्री विश्वनाथ साह, मिर्चैया नगरपालिका नगर प्रमुख श्रवण कुमार यादव, मिर्चैया नगरपालिकाका प्रमुख प्रशासन अधिकृत डम्बर ध्वज आङदम्बे,नापी विभाग किता नापी महाशाखाका उप महानिर्देशक सुशील डंगोल , जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी , मालपोत कार्यालय सिरहाका कार्यालय प्रमुख विष्णु प्रसाद सिटौला , विशेष नापी कार्यालय मिर्चैया सिरहाका कार्यालय प्रमुख दिलिप कुमार सिंह,नापी कार्यालय सिरहाका कार्यालय प्रमुख दिपेन्द्र साह,नापी कार्यालय लहानका कार्यालय प्रमुख संजय कुमार सिंह, राष्ट्रिय अनुसन्धान जिल्ला सिरहाका निर्देशक तुलसी राम प्रसाईं, शस्त्र प्रहरी बल सिरहाका क्ए रमेश कुमार थापा, मिर्चैया नगरपालिका वडा नं. १ का वडा अध्यक्ष धनिकलाल यादव,मिर्चैया नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लक्षमेश्वर कापर, वडा सदस्यहरू लगायत मिर्चैया नगरपालिकाका कार्मचारी, गाउकै बुद्धिजिवी, समाजसेवी किसान मजदुर, युवाबर्गहरु उपस्थिति रहेका थिए ।



ताजा खबर