शुभ नारायण यादव
सप्तरी,फाल्गुन २ गते । सप्तरीको राजविराज नगरपालिका वडा न.१६ बोरियामा बिकास निर्माणकार्यमा ब्यापक अनियमितता भएको भन्दै आन्दोलन सङ्घषृ समितिले वडा कार्यालयमा लगाइएको अनिश्चितकालीन ताला आजबाट खोलिएको छ। राजविराज नगरपालिका वडा न.१६ वडाको विकास निर्माण कार्यमा व्यापक अनियमितता भएको तथा उपभोक्ता समिति समेत गोप्य रुपमा तथा वडाअध्यक्ष गुजाइ दासले आफ्ना नाता गोताका ब्यक्तिलाई राखेर उपभोक्ता समिति गठन गरेको तथा वडाअध्यक्षले हर हिसाब सार्वजनिक नगरेको भन्दै गठित सघङ्षृ समितिको अगुवाइमा दुई साता अघि सो वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको थियो । राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवको रोहवरमा आज भएको सर्वपक्षीय छलफलबाट उक्त ताला खोलिएको सङ्घषृ समितिका अध्यक्ष राम लखन यादवले जानकारी दिनुभयो । त्यस्तै बडामा भइरहेको बिकास निर्माण कार्य पारदर्शि हुनुपर्ने तथा बिकास निर्माण भएको आर्थिक अनियमितता बिरुद्ध सङ्घषृ समिति गठन गरि बिकास निर्माणका लागि वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दि गरिएको थियो तर आजको भेलाबाट १५ सदस्यीय अनुगमन समिति समेत गठन गरेका छन । यता वडा कार्यालयमा गरिएको अनिश्चितकालीन तालाबन्दी जब सम्म सङ्घषृ समितिको माग सम्बोधन गर्न नगरपालिकाका मेयर शम्भु प्रसाद यादव सहितको टोलि नआएसम्म तालाबन्दी जारि रहने सङ्घषृ समितिले जनाएको छ । यता वडा कार्यालयमा तालाबन्दी हुदा सो वडाका हजारौं सेवाग्राहीहरु देनिक अति आवश्यक काम काज गराउनबाट समेत बन्चित भएका छन ।
राजविराज नगरपालिका वडा न.१६ बोरियामा लगाइएको ताला खुल्यो
२०७८ फाल्गुन २, सोमबार १३:५८संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer