सप्तरीमा भएको सवारि दुर्घटनामा एकको मृत्युु , दुई जना गम्भीर घाइते

२०७८ फाल्गुन ३, मंगलवार ११:०६


शुभ नारायण यादव
सप्तरी,फाल्गुन ३ गते ।
सप्तरीको डाक्नेशवरी नगरपालिका वडा न.–९ स्थित महुकी पत्थरगाडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
सप्तरीको अर्नाहाबाट पत्थरगाढातर्फ गइरहेको स.१ त ६१०८ नम्वरको रड लोड गरिएको ट्याक्टर गएराति आफे अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उक्त दुर्घटनामा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.–३ का २७ वर्षीय सन्तोष कुमार सदाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका सदाको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
सोही दुर्घटनामा छिन्नमस्ता गाउँपालिका वडा न.–३ कै २९ वर्षीय श्रीप्रसाद मण्डल र १८ वर्षीय युवराज सदा गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । यता सो दुर्घटनाबारे थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।



ताजा खबर