सुरक्षाकर्मीको संरक्षणमा चोरीको बिगबिगी, जिल्लावासी त्रासमा
बारा । सुरक्षाकर्मीको संरक्षणमा चोरीको बिगबिगी बढेको छ। चोरीको घट्ना दिनदिनै बिक्राल रुप लिदै गएकोले गाउले त्रासमा रात बिताउन बाध्य भएका छन। चोरीको घट्नाले सबै भन्दा बढी बाराको कान्छो पचरौता नगरपालिका वडा न. ६ पकडिया बासीले त्रासमा रात बिताउन बाध्य भएका छन। बाराको दक्षिणी बोडर क्षेत्रमा बढी चोरीको घट्ना हुनेगरेको पाइएको छ।
नगरपालिकाको सम्पुर्ण जिम्मेवारी भए तापनि नगर प्रमुख पनि मौन बसेका छन् । स्थानीयहरुको भनाई अनुसार नगरपालिकाको अगाडी नै शस्त्र प्रहरी बेस कैम्प रहे पनि त्यसको अगाडी बाट चौकमा रहेका पसलहरुमा चोरी हुनु तथा नगरपालिकाले लगाएका सिसिटिभी कैम्रा पनि नामको लागि मात्र रहेको सर्वसाधारणको गुनासो रहेकोे छ।
यी सबै घटना दिनहु हुदा र कसैको ध्यानाकर्षण नहुनुमा सबै संबंधित निकायहरू संकाको घेरामा परेको जानकारहरुको तथा चोरी बाट पिडकहरुको गुनासो रहेको छ। एउटा अझ संका लाग्ने पुर्ण प्रमाण रहेको कुरा सिआइ एन नेपालका संचालक अनिल वर्माले संबंधित निकाय लाई आफै सूचना दिदा पनि कुनै चासो नदेखिएकोले अझ मिलोमतोको संका लाग्ने ठाउँ पाएको हो। संबंधित निकाय प्रमुख जिल्ला अधिकारी तथा डिआजी समेत लाई पनि जानकारी गराउदा पनि कुनै ध्यानाकर्षण नभएकोले अब हाम्रो देशमा कानुनी राज्य भए पनि कनुको रक्षक पनि भक्षक बनेको प्रमाणित हुँदै गरेको हो।
यता छ महिनामा सुवर्ण गापाको वडा न.१ चरमोहना बाट ५ वटा, पचरौता नगरपालिका वडा न. ७ बेनौली बाट ३ वटा, वडा न. ३ रामनगर वाट १ र सोही वडाको भट्ठी बैरिया वाट ३ वटा गरि ४ वटा, वडा न.६ पकडिया वाट दुइटा गरि १४ वटा चोरी भएको हो। चरमोहना बाट ना ५६ प ७३९८ पलाटिना सम्भु प्रसाद सिंह, लालबाबु सिंहको प्र २ ०३ ÷०१२ प १७१०, तृदे सप्लायर्सका छोटे लाल सिंहको अन टेस्ट मोटरसाइकल तथा प्रहरी कार्यालयमा उजुरी नदिएको तीन वटा रहेकोे छ। त्यसै गरि बेनौलीको सम्भु साहको अपाची ना प ४६– ०५६, रामनगर बाट गजेन्द्र कुमार यादवको घर बाट द्यच् ण्छ ब्भ् द्धछज्ञद्द न. को र भट्ठी बैरिया बाट जिरजोधन ठाकुरको द्यच् ण्छ ज्ञद्दद्दढ, प्रमानंद महतोको द्यच् ण्छ ब्द्य टघटठ, हरेन्द्र सहनीको घर वाट द्यच् ण्छ ब्ऋ ढद्दटड, पकडियामा सुशील वर्माको घर वाट द्यच् ण्छ क् ठघडण् र छोटेलाल सहनीको घर बाट प्र. २ ÷०३÷००२ प ४१३२ न. को अपाची मोटरसाइकल चोरी भएको हो।
यता एक हप्ता भित्रमा १६ गते पकडियाकी लाटी केटी लाई साझ सात बजेको समयमा लछार पछार गरि दुरव्यवहार गर्ने प्रयास गरो थियो। सोको एक दिन छोडी अर्को १८ गते करिब साझ सात बजेको समयमा भोला मियाको घरमा महिलाको भेसमा घरमा प्रवेश गरेको तर चोरी गर्न सफल नभएको र होहल्ला हुन थाले पछि चोरले भाग्नमा सफल भएको थियो। सोको जानकारी नजिकको बेलदारी प्रहरी चौकी लाई खबर गर्दा पनि कुनै चासो नलिएको स्थानीयहरुले बताएका छन। त्यसको लगतै दुई घन्टा पछि फेरि त्यही पकडिया गाउको पुर्व पट्टीमा रहेको विद्यालय पछडी बगैचामा चोरहरु प्रवेश गरे पश्चात् पुनः प्रहरी चौकी लाई खबर गर्न फोन गर्दा फोन काट्ने गरेको तथा डिएसपी लाई जानकारी गराउदा ९८५५०४५१०१ बाट प्रतिक्रियामा त्यो चोर हुन नसक्ने भन्दै तर्क दिएका थिए। र नजिकको प्रहरी चौकीले फोनमा मात्र गस्तीको लागि उपस्थित भएका थिए।
गाउलेहरुको भनाइ अनुसार त्यो रातमा प्रहरीको सहयोग पाएको भए चोर समातिने सुनिश्चित रहेको थियो। तर प्रहरीको असहयोगले गर्दा चोरहरु उम्किन सफल भएको देखेर प्रहरी माथी नै संका गर्दै प्रहरी कै मिलोमतोमा नै रहेको बताएका छन।