सप्तरीको सप्तकोसी नगरपाालिकामा अनिश्चितकालीन तालाबन्दी

२०७८ फाल्गुन ६, शुक्रबार ०७:२२

शुभ नारायण यादव
सप्तरी ।
सप्तरीको सप्तकोसी नगरपालिकाको कार्यालयमा आज चार राजनैतिक दलले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले ६ बुँदे माग राख्दै नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष, योजना प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा र प्राविधिक शाखामा तालाबन्दी गरेको हो ।
उनीहरुले आ.व. २०७८÷०७९ का नगरभित्रका तथा सम्पूर्ण, ११ वटै वडाका योजनाहरूको कार्यान्वयन तुरुन्त गर्नुपर्ने,महालेखा नियन्त्रकको कार्यालयबाट सप्तकोसी नगरपालिकाको बेरुजुको विवरण तथा आन्तरिक लेखा परीक्षणको विवरण उपलब्ध गराई नगर कार्यपालिका र नगर सभाबाट पारित कानुनी कार्यवाही सम्बन्धी निर्णयको विवरण उपलब्ध गराइनु पर्ने,कोभिड १९ को खर्च सम्बन्धमा सस अघि नेपाली कांग्रेसबाट गरिएको विवरण तथा चालु आ. व.मा भएको कोभिड लगायत विपत व्यवस्थापन सम्बन्धी कार्य सोको खर्च विवरण उपलब्ध गराउनु पर्ने, सडक बोर्डबाट प्राप्त रकमको विवरण तथा हाल विभिन्न मूल सडकमा भएको सिमेन्ट बालुवाको मिश्रण पोत्ने कार्य कुन निर्णय, मापदण्ड र स्रोतबाट भएको हो त्यसको विस्तृत विवरण उपलब्ध गराउनु पर्ने, नगरपालिकाले खरीद गरेका विभिन्न निर्माण तथा ढुवानीमा प्रयोग भएका उपकरणको विवरण, सो को उपयोगिता तथा आम्दानी खर्चको विवरण तथा सो वापत चालक र सहयोगी समेतको तलब भत्ता र खर्चको विवरण उपलब्ध उपलब्ध गराउनु पर्ने र राष्ट्रिय मावि. फत्तेपुरमा निर्माण गरिएको नयाँ भवनको मापदण्ड, औचित्यत तथा निर्माण सम्बन्धमा भएको खर्च ठेक्का प्रकिया सम्बन्धी विस्तृत विवरण उपलब्ध गराउनु पर्ने तथा अंग्रेजी माध्यमको कक्षा सञ्चालनको खर्च व्यवस्थापनको विवरण उपलब्ध गराउनु पर्ने माग रहेका छन ।



ताजा खबर