सुखीपुर नगरपालिकामा आँखा,कान अस्पताल बन्दा स्थानीयहरु खुशी

२०७८ फाल्गुन ६, शुक्रबार ०७:३७

सिरहा,फागुन ६ गते । सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर – ८ स्थित स्वास्थ्य चौकी सुखीपुरको परिसरमा जन जागृती युवा क्लब सुखीपुर तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको विशेष अनुरोधमा क्लबका पदाधिकारी , ब्यापार संघ सुखीपुरका पदाधिकारी बुद्धिजीवी ,समाजसेवी ,सफाईकर्मी ,स्वास्थ्यकर्मी ,वडा अध्यक्ष ,सुरक्षाकर्मी युवा पत्रकार सहभागितामा मधेस प्रदेशको प्रदेश सभासद तथा कृषि एवम् भुमि व्यवस्था समितिको सभापति मदनसेन श्रीवास्तव तथा विशिष्ट समाजसेवी भु.पु गा.बि.स. अध्यक्ष लक्षमण चौधरी द्वारा शिलान्यास भएको हो ।द्द घ

गाउँमै आँखा कान उपचार केन्द्र सेवा उपलब्ध तथा स्वास्थ्य लिने उदेश्यले ४ कोठा अस्पतालको निर्माण हुन लागेको छ ।आँखा,कान अस्पतालको माननीय मदनसेन श्रीवास्तवको संसदीय कोषबाट २७ लाखौं रुपैया रहेको छ । भने गाउँमै आँखा,कान अस्पताल बन्दा स्थानीयहरु खुशी व्यक्त गर्नु स्वभाविक पनि हो ।अँँखा अस्पताल निर्माण भए पश्चात् स्थानीय तथा गाउँले हरु खुशी खुसी सेवा लिन अभिप्रेरित हुन्छे ।सुखीपुरमा जनजागृती युवा क्लबका अध्यक्ष रुपेश कुमार महतोले बताउनु भयोको छ



ताजा खबर

error: Content is protected !!