गौर राईस मिल जग्गामा बन्ने भएनन् क्रीकेट स्टेडियम , राजनेताको चुनावी एजेन्डा मात्र !

२०७८ फाल्गुन ८, आईतवार ०७:५२

अमित ठाकुर
रौतहट।
रौतहट जिल्लाको साविक गाउँ विकास समिति गौरको विचमा तथा गौर नगरपालिकाको ५० मिटरको दुरीमा रहेको गौर राईस मिल जग्गा अधिग्रहण राजनेताको रजाइँ बनेका छन्। गौर नगरपालिकाले सदरमुकाम गौरमा देख्ने गरि कुनै ठोस कार्य नगरे पनि राईस मिल जग्गा ५ बर्षमा अधिग्रहण गर्न सकेनन्। युवाहरुको ढुकढुकी भनेर चिनिने गौर नगरपालिकाका मेयर अजय गुप्ताले स्थानीय तहमा बजेट छुट्याएता पनि प्रदेश सरकारले कुनै चासो नदेखाएपछि स‍ो राईस मिल जग्गा अधिग्रहण गर्न सकेनन्। जग्गा अधिग्रहणका लागि सदरमुकाम गौरमा विभिन्न प्रदर्शन हुँदा पनि राईस मिल जग्गा अधिग्रहण नहुनु गौरका लागि दुर्भाग्यको कुरा हो। लगभग २ बर्ष पहिला सदरमुकाम गौरमा विभिन्न पार्टीका नेताहरुले सो जग्गा अधिग्रहण गरि खेल मैदानको रुपमा रुपान्तरण गर्न रिले अन्सन सुरु गरे पछि १ हप्ता भित्र उच्चस्तरीय छानबिन टोली गठन हुने प्रदेश सरकार आफ्नो बचन दिएता पनि अहिले सम्म उच्चस्तरीय छानबिन टोली नआएको र अधिग्रहण प्रकृया सुरु नभएको स्थानीयहरुले बताएका छन्। साविक गौर ७ मा रहेको राईस मिल जग्गाको किता नंबर १४० बिरगंज ४ बस्ने कृष्णा शर्माको मोही रहेको तथ्य बाहिरिएको हो। सो राईसमिल जग्गा बर्षौ देखि खेल मैदानको रुपमा रहेको र कसैको जोतकोरमा नरहेको स्थानीयहरुले बताउँछन् । कृष्णा शर्मा र उनका बुवा टोरमल शर्मा दुवै भारतीय नागरिक भएको हुँदा सो राईसमिल जग्गामा मोही कसरी भयो भने स्थानीयहरुले प्रशन उठाएका छन्। शर्मा भारतीय नागरिक भएपनि नेपालमा जन्मेको अधारमा नेपाली नागरिकता लिएका हुन्। दुई देशको नागरिकता एक ब्यक्तिले राख्न नमिल्ने भए पनि पावर र पैसाको बलमा दोहोरो नागरिकता लिएको र मोहीको नकली कागजात बनाई राज्यको आँखामा धुलो फालेको स्थानीयहरुले बताएका छन्। नगरका केही सत्ताधारी राजनेता कै कारण अहिले सम्म राईसमिल जग्गा अधिग्रहण नभएको र केही सत्तारूढ राजनेताले लोभमा परेको स्थानीयहरुले बताएका छन्। राणाकालीन शासनमा ३ सरकारको रुपमा रौतहटमा रहेका तुम समशेर जरनैलले जग्गा खरीद गरी स्थापना गरेको राईस मिल समय वित्दै जादा अहिले गौरको मुटु बन्न पुगेका छन्। चुनावको बेला राईसमिलका जग्गा अधिग्रहण गर्न स्थानीय नेताहरु चुनावी एजेन्डा बन्ने गरेको हो ।राणाकाल पर्याप्त जग्गा आर्जन गरेका तुम शमशेरले गौरको जनताको रोजगारीको निमित भारत विहारको निर्मली निवासी चण्डी बाबू बजाज र काठमाण्डौ निवासी लक्ष्मी शंकर श्रेष्ठसँग मिलेर उद्योगको रुपमा राईस मिल स्थापना गरेको पृष्‍ठभुमी रहेको उक्त मिलको जग्गा प्रति नक्क्ली जग्गा धनि र भू माफियाको गिद्दे नजर परेको हो । गरीवी अवस्था भएको बेला तथा उद्योग कल कारखानाको कुनै व्यवस्था नभएको समयमा गौर ,टिकुलिया ,दोस्तिया टोल ,पूरेनवा ,कुड़वा ,लक्ष्मीपुर बेलविच्छबा , मुड़वालवा ,सिरसिया लगायतका गाउँका मानिसहरुको धान ,गहु ,मसुरो ,सहितको तेलहन बाली खरीद विक्री गर्ने ठाउँ नै राईस मिल थियो ।२००३ सालमा स्थापना गरिएको राईस मिल २०१८ साल देखि संचालनमा आई २०३५ साल सम्म नियमित रुपमा सञ्चालन भएको मिलको रखवार रहेका अंचित पासवानको छोरा पासपत पासवानले बताएका थिए ।

बड़ा हाकिम भनिने तुम शमशेर राणा शिक्षा र उद्योग प्रति रूचि राखने खालका व्यक्तित्व रहेको थियो । राईस मिलको स्थापना गर्ने व्यक्ति चण्डीबाबू बजाजले मिलको मेसिन , जस्तापत्ता लगायतका समानहरु उपलब्ध गराएका थिए भने लक्ष्मीशंकर श्रेष्ठले नगद लगानी गरेको पासवानले बताए ।

बुवा मैनेजर भएको बेला मिलका मालिकको कामकाज गर्दै आएको कारन जानकारी भएको बताउँदै पासवानले लक्ष्मी शंकर श्रेष्ठले निर्मली निवासी बजाजको शेयर फिरता गरी कम्पनीको डाइरेक्टर भएको थियो र अहिले सम्म पनि श्रेष्ठ नै अधिकारी निर्देशक रहेको छ ।

श्रेष्ठको २ छोराहरुमा जेठा प्रकाश श्रेष्ठ र कान्ंछा किरण श्रेष्ठ रहेको र उहाको घर काठमाण्डौको कूपनटोलमा रहेको छ । श्रेष्ठको काठमाडौ र भैरहवामा पनि होटल रहेको छ । वीरगंजमा राईस मिल स्थापना गरेको श्रेष्ठको रौतहटको गौर ,बडेरवा ,बलुवामा ६५ विघा जग्गा रहेको थियो ।
३५ साल सम्म नियमित रुपमा चलेको मिलको गोदाममा भण्डारण गरिएको चवाल ,तेलहनको चोरी गर्न गएका बेला २०३९ सालमा गौरको सरयुग मुखिया बिनको च्यापिएर मृत्यु भएको थियो । सरकारको भूमिकर तिरेर मिल बंद भएको पासवानको भनाइ रहेको थियोे ।
मिल सञ्चालन भएकै अवस्थामा सर्वे नापी हुदा फील्डबुकमा यो जग्गा गौर राईस मिल एंड फ्लोरको नम्बरी हो भनी नापी भई सोही आधारमा श्रेस्ता कायम भएको र अहिले पनि त्यस्तै रहेको छ ।पूर्व न्यायधीश गोविन्द नारायण सिंहले राईस मिल तुम शमशेर जरनैल साहवले बनाएको बताएका थिए । जिल्ला सरकारी वकीलबाट न्यायधीश भएका सिंहले मिल को सम्वन्धी मुद्दा मामिला समेत हेरेको थियो ।नगरपालिका गठन भएपछि पहिलो नगरप्रमुखको रुपमा निर्र्वािचत भएका बाबूलाल साहलाइ मिलको विच भागवाट खोलिएको बाटोको विषयमा अदालतवाट जरिवाना समेत गरिएको थियो । नगरपालिकाले मुद्दा हरेपछि विचको बाटो बन्द गरी पछिम तरफबाट मिलको जग्गा भएर अहिले बाटो सञ्चालनमा रहेको छ ।

राईस मिल आफै जग्गा धनी

गौरको केन्द्र विन्दुमा अवस्थित गौर राईस मिल एंड फ्लोर स्वयं आफै जग्गा धनि रहेको छ । २०२१ सालमा सर्वे हुदाका बखत जग्गा धनिको महलमा कुनै व्यक्तिको नाम उल्लेख न गरी राईस मिल एन्ड फ्लोर उल्लेख गरिएकोले कानून बमोजिमको धनि राईस मिल नै हो । मोहिको १ नंबर लगत , फील्डबुक , २ नंबर अनुसूची ,७ नंबर फाटवारी ,मालपोत कार्यालयमा कायम गरिएको स्रेस्ताले पुस्टि भैरहेको छ । व्यक्तीको नाउमा सर्वे नापी भएकोमा नापीवालाको हकदारमा जग्गा सरेर आउछ तर सस्थाको नाउमा सर्वे नापी भएको जग्गाको मालिक व्यक्ती कसरी भयो शंकास्पद रहेकोले पौडेल र शर्माले केही बर्ष पहिला पेश गरेको कागजपत्र माथि मुद्दा गर्नु पर्ने देखिएको हो।

अहिलेको जग्गा धनी नक्क्ली

राईस मिलको जग्गा विक्री गर्नको लागि नकली मालिक खड़ा भएको छ । राईस मिलको सस्थापकको कीर्ते कागजवाट वारेश भएका बैकुंठ पौडेल नाम गरेको व्यक्ति नक्क्ली सचिव रहेको पासवानले बताएका थिए । पौडेल लक्ष्मी शंकर श्रेस्ठको छोराको मैनेजर भएर कामकाज गर्दै आएको भएपनि मिल स्थापना भएको बेलामा जन्म समेत नभएको पौडेललाई कसले सचिव बनाएको छानविनको विषय रहेको छ । भने जग्गा धनी नक्कली भएता पनि अर्बौं पर्ने गौर राईसमिल जग्गा क्रीकेट संघ रौतहटले अन्य ठाउँको जग्गा नक्कली जग्गा धनीले किन दिदा सो रनईसमिल जग्गा छोड दिने लगभग सहमति गरेका समाचार स्रोतले जनाएको हो।लामो समय देखि बिवादित रहेको गौर राईसमिलमा स्थानीय युवाहरु क्रीकेट खेल्ने तथा स्थानीय नेताहरु राजनितिक कार्यक्रमहरु गर्ने गर्दछ। स्थानीय तथा प्रदेश कार्यालय गठन भएको ५ बर्ष पुग्न लाग्दा पनि अधिग्रहण हुन नसके पछि राईसमिल जग्गाका नक्कली जग्गा धनीले क्रीकेट संग रौतहटलाई सो राईसमिल जग्गा छोड्न र अन्य ठाउँमा स्टेडियम बनाउन ४ बिघा जग्गा उपलब्ध गराउने भएपछि क्रीकेट संघले सो राईसमिल जग्गा छोड्न त्यार भएछ। सदरमुकामको बिचमै ठुलो जग्गा रहे पछि अन्य ठाउँमा सो जग्गाको १ भागको मूल्य बाराबरमा अन्य ठाउँमा स्टेडियम बन्ने गरि जग्गा पुग्ने क्रीकेट संघले बताएका छन्।



ताजा खबर