सप्तरी,फाल्गुन ९ गते । एकिकृत)प्रगतिशिल)ईन्जिनियर)समूह द्रारा सप्तरीको राजविराज नगरपालिका वार्ड नम्वर १२ नवटोल सिंगियौन सदा टोलमा राहत वितरण गरिएको छ।
उक्त टोलमा विगत ७ दिन पहिला समान्य विषयलाई लिएर दलित–दलित विच झै झगडा हुदकका स्थानीय हरिदेव सदाको मृत्यू भएको थियो । यता मृतक सदा परिवारमा ६ जना छोरा छोरी रहेको र उनको परिवारको आर्थिक स्थिती एकदमै कमजोर रहेकोले जसपा सप्तरीका जिल्ला नेता लक्ष्मन यादवको पहलमा सो राहत वितरण गरेका हुन । नेपाल ईन्जिनियरिंग समाजका केन्द्रिय सह अध्यक्ष एवम एकिकृत प्रगतिशिल ईन्जिनियर समूहबाट ल्भ्ब् चुनावमा केन्द्र बाट केन्द्रिय सदस्य पदको उम्मेदवार ई संजिव नारायण यादवको नेतृवमा मृतक परिवारलाई चामल, दाल, कोवी , आलु, निमक, भुजा लगायत को सामग्री सहित रु २००५ नगद हस्तान्तरण गरिएको हो ।
साथै राहत वितरण कार्यक्रममा ल्भ्क् को उप सचिव ई ओम नारायण यादव, जसपा बुथ कमिटी को संजीब यादव,वार्ड सचिव प्रसुराम यादव, समाजसेवी रामराजा यादव, सत्यनारायण रजक, ननु सदा, हरुनी सदा, रामदेव सदा , चिनीवती सदा लगायतका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।
सदा परिवारलाई नगह सहित राहत वितरण शुभ नारायण यादव
२०७८ फाल्गुन ९, सोमबार १०:४७
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer