रंजित चौरसीया
पर्सा,फागुन ९ गते । नेपालको आर्थिक राजधानी मात्र नभइ मुलूककै अति नै महत्वपूर्ण जिल्लाको रूपमा मानिने पर्सा जिल्लामा हाल प्रहरी चान्दा तान्डव मचिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले आफ्नो जिल्ला भित्र कुनै किसिमको अनैतिक काम हुन नदिन भन्दै सबै प्रहरी चौकीका प्रमुखलाइ कडा रूपले आदेश गरेपनी हाल प्रहरी चौकीका प्रमुखहरूले त्यसतो कुनै किसिमको कार्यन्वयन नगरेको घटना उजागर भएको हो ।
पर्सा जिल्लाको प्रहरी चौकी ड्राइपोर्टका प्रमुख लगायत प्रहरी हवलदार समेत रकम उठाउनमा तल्लिन रहेका छन । नेपालको मुख्य भन्सार आइसिपी हुँदै नेपाल भित्रिने मालबाहक सवारी साधनदेखी लिएर सीमाबाट हुने तस्करी लगायतबाट प्रहरी नायब निरीक्षक र प्रहरी हवलदार खुल्याम रकम असुली गरिरहेका छन । सीमा वारि पारी तस्करी गर्ने गिरोह ड्राइपोर्ट क्षेत्रमा छ्याछयाप्ती छन र उनिहरूको कार्यपनी निस्पठ अन्धयारोमा हुने गर्दछ, त्योपनी प्रहरीकै सेटिङ्गमा ।
प्रहरी चौकी ड्राइपोर्टका प्रमुख प्रहरी नायब निरीक्षक अजय यादवले कमान्ड सम्भालेकै दिनदेखी चोरी तस्करीका साथ साथै आइसिपी हुँदै नेपाल भित्रिने भारतीय नम्बरका सवारी साधनबाट रकम उठाउन थालिएको छन । उनी सवारी साधनबाट रकम उठाउनको निम्ति आफ्नो दुतको रूपमा प्रहरी हवलदार बिनोद यादवलाइ परिचालन गरेको पाइन्छ । शान्ती सुरक्षाको निम्ति खटाइएका प्रहरीहरू आफ्नो वर्दीको आडमा कमाइ खाने भाडो बनाउन थालेपछी जिल्लाकै प्रहरी माथी औला उठन थालिएको हो ।
यतिसम्म मात्र कहाँ हो र ? प्रहरी चौकी ड्राइपोर्टका प्रमुख प्रहरी नायब निरीक्षक अजय यादव र प्रहरी हवलदार बिनोद यादवले बिगत दुई दिन अगाडी तस्करी भएर आएका अबैध कपडाको पिकअप बरामद गरेपनी आर्थिक प्रलोभनमा परि पिकअप सहितको कपडा छोडन सफल भएका थिए । अबैध तरिकाले नेपाल भित्रिएको कपडा बिरगंज महानगर भित्र पर्ने अपौनी टोलको गोदाममा राखिएको थियो । उक्त सूचना पाए पाश्चात सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण र भन्सारको टोलिले छापामारी गरि बरामद समेत गरेको थियो ।
अबैध तरिकाले नेपाल भित्रिएको कपडा बरामद गरिएपनी स्थानीय प्रहरी चौकी र सहयोग पुर्याउने प्रहरी चौकीका कमान्डरलाइ हालसम्म कुनै किसिमको कारवाही गरिएन । जस कारण स्थानीयवासीहरूले जिल्लाकै आदेश र प्रहरी संगठनको नीति निर्देशन माथी नै औला उठाउन थालिएका हुन ।
नेपाल सरकारले निर्वाचनको मिति तय गर्नसाथ आ–आफ्नो दरबन्दी जान प्रहरी प्रधान कार्यालयले निर्देशन नै दिएको छ । तर प्रहरी हवलदार बिनोद यादवको दरबन्दी २ नम्बर प्रदेश सशस्त्र प्रहरी गणमा हुदा हुँदै आफ्नो पहुच लगाउदै प्रहरी चौकी ड्राइपोर्टमा कार्यरत रहेका छन । जिल्ला बाहिर दरबन्दी रहेका दर्जनौ प्रहरी आ–आफ्नो दरबन्दी पुगेपनी प्रहरी हवलदार बिनोद यादव हालसम्म ड्राइपोर्टमै कार्यरत रहेका छन ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले कपडा सहितको पिकअप छोडेको बिषयमा अनुसन्धान गर्ने बताएका छन । उहाले प्रहरी हवलदार बिनोद यादवलाइ दरबन्दी नै फिर्ता गर्ने बताएका हुन । घुस्याहा प्रविर्तीका प्रहरीलाई जबसम्म लगाम लाग्दैन तबसम्म त्यस्ता प्रहरीका कारण संगठन नै बदनाम हुने देखिन थालिएको छ ।