शुभ नारायण यादव
सप्तरी,फाल्गुन ११ गते । सप्तरीको डाक्नेश्वरि नगरपालिकाका ग्रामीण महिलाहरु ब्युटिशियन सम्बन्धि सिप सिकेर घरमै बसि आय आर्जन गर्न सकिने विश्वास ब्यक्त गरेका छन । डाक्नेश्वरि नगरपालिकाको सहयोग तथा चोबटिया सामुदायिक विकास केन्द्र ब्रहमपुरको आयोजनामा आयोजित लघु उघम विकास कार्यक्रम अन्तरगत ब्युटिसिशन सम्बन्धि तालिमको समापन्न समारोहमा सहभागी ग्रामीण महिलाहरुले उक्त ब्युटिशियन सिप सिकेर घरमै बसेर दुई चार पेसा आय आर्जन गर्न सकिने बताएका छन । डाक्नेश्वरि नगरपालिका वडा न.७ का वडाध्यक्ष रामनारायण चौधरीको अध्यक्षता तथा
नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामकिसुन यादवको प्रमुख आतिथ्यमा एव
नगरपालिकाका योजना अधिकृत बिनोद ठाकुरको बिशिस्ट आतिथ्यमा आयोजित तालिमको समापन्न समारोहमा मानव कल्याण तथा सामुदायिक विकास केन्द्र अध्यक्ष अरविन्द चौधरी, सफल नेपाल अध्यक्ष बिश्वनाथ साह, राष्टिय युवा प्रतिष्ठान अध्यक्ष गजेन्द्र प्रसाद साह,प्रशिक्षकहरु प्रतिभा साह, दिपिका यादव, सजकर्ताहरु ब्रहमानन्द मण्डल, आरती कुमारी मण्डल ,जितेन्द्र कुमार राय. सुम्रित सदा र सन्तोष कुमार राम लगायतका बक्ताहरुले बेरोजगार ग्रामीण महिलाहरुले सिप सिकेर राम्रो आम्दानि गर्न सकिने बताएका छन । उक्त तालिममा दुई कक्षा गरि ७० जन्ना महिलाहरुको सहभागी रहेको आयोजक सस्थाका अध्यक्ष अर्जुन कुमार यादवले जानकारी दिनुभयो ।
सप्तरीका ग्रामीण महिलाहरु ब्युटिशियन सिप सिक्नमा ब्यस्त
२०७८ फाल्गुन ११, बुधबार ११:०६
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer