हाउस वाइरिङ गरेर आय आर्जन गर्ने बेरोजगार युवाहरुको विश्वास शुभ नारायण यादव

२०७८ फाल्गुन १२, बिहीबार १२:११


सप्तरी,फाल्गुन १२ गते ।
सप्तरीको डाक्नेश्वरि नगरपालिकाका बेरोजगार युवाहरु हाउस वाइरिङको सिप सिकेर घरमै बसेर दुई चार पेसा आय आर्जन गर्न सकिने विश्वास ब्यक्त गरेका छन । डाक्नेश्वरि नगरपालिकाको सहयोग तथा चोबटिया सामुदायिक विकास केन्द्र ब्रहमपुरको आयोजनामा पढे लेखेर बेरोजगार बसेका युवाहरुको लागि सन्चालित पन्ध्र दिने वडा स्तरीय हाउस वारिङ्ग तालिममा सहभागी बक्ताहरुले सो कुरा बताएका हुन । आयोजक सस्थाका अध्यक्ष अर्जुन कुमार यादवको अध्यक्षता तथा डाक्नेश्वरी नगरपालिकाका योजना अधिकृत बिनोद कुमार ठाकुरको प्रमुख आतिथ्यमा आयोजित तालिमको उदघाटन समारोहमा आयोजक संस्थाका उपाध्यक्ष मो. मैउदिन , डाक्नेश्वरि नगरपालिका वडा न. १ का वडाअध्यक्ष विजय कुमार चौधरी ,वडा न.७ का वडाअध्यक्ष रामनारायण चौधरी , किसान मजदुर संगठनका नगर संयोजक राम अवतार यादव, एकिकृत समाजवादी नेकपाका युवा नेता गणेश चौधरी, समाजसेबी युवा नेता ताराकान्त यादव, सफल नेपाल अध्यक्ष विश्वानाथ साह, स्वक्ष नेपाल अध्यक्ष माड्नेश्वर सदा, मानब कल्याण तथा सामुदायिक विकास केन्द्रका अध्यक्ष अरविन्द चौधरी, तालिमकि प्रमुख प्रशिक्षक शिबकुमार चौधरी, सहायक प्रशिक्षक संजय चौधरी, बद्रि सदा, ललित यादव लगायतहरुले आ आफ्नो धारणा राखेका थिए । उक्त तालिममा झन्डै तिन दर्जन बेरोजगार युवाहरूको सहभागीता रहेको आयोजक सस्थाका अध्यक्ष अर्जुन कुमार यादवले जानकारी दिनुभयो ।



ताजा खबर