मानव सेवा नै साउदी अरबको पहिचान रहेकोःशैख अल अनजी

२०७८ फाल्गुन १२, बिहीबार १४:०५

कपिलवस्तु,फाल्गुन १२ गते । प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले मदरसा शिक्षालाई प्राथमिकताका साथ भौतिक, शैक्षिक लगायत आवश्यक सहुलियतमा ध्यान पु¥याउन निर्देशनसमेत दिएको प्रदेश शिक्षा,विज्ञान,युवा तथा खेलकूद मंत्री वसिउद्दीन खांले बताएका छन।
लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले मुलुकको चौतर्फी विकासका लागि समानता आवश्यक रहेको बताएका छन् । मन्त्री खाँले आर्थिक, शैक्षिक र राजनीतिक रुपमा समानता नभएसम्म परिवर्तन नहुने बताए । उनले समाज परिवर्तनका लागि शिक्षालाई मूलधारमा ल्याउनुपर्नेमा जिकिर गरे ।मंगलबार कपिलवस्तुको कृष्णनगर नगरपालिकामा रहेको जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर तथा आयसा ग्रल्स कालेज झण्डानगर मदरसाको अनुगमनको क्रममा उनले यस्तो बताएका हुन् ।
“हामीले यस विषयमा गम्भीरतापूर्वक सोचेर आवश्यक कदम चाल्न जरुरी रहेको अन्य समुदाय भन्दा मुस्लिम समुदाय शैक्षिक क्षेत्रमा पछाडी परेको बताउँदै मदरसालाई शिक्षाको मूलधारमा ल्याउनका लागि मदरसाका शिक्षक, नेतृत्वकर्ताले पहल गर्नपर्ने जरुरी रहेको मंत्री खां ले बताएका थिए।

यसैबीच राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनी अलकुफीले मदरसालाई शैक्षिक मूलधारमा ल्याउन संघबाट सरकारलाई ध्यानाकर्षण गराउँदै आएको बताए । सरकारले मुस्लिम समुदायको शिक्षालाई उपलब्धिमूलक बनाउन मदरसाका शिक्षकलाई पनि डिग्रिको मान्यता दिनुपर्नेमा जोड दिँदै आएको उनले बताए । शिक्षा प्राविधिक र रोजगारमुलक शिक्षा हुनुपर्ने अलकुफीले बताउदै उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरुलाई धन्यवाद समेत व्यक्त गरेका थिए।

राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खाँ नेपालीले लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान युवा तथा खेलकूद मंत्री वसिउद्दीन खां, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य शिवपुजन यादव, शिक्षा विभाग साउदी अरब बाट आएका शैख बदरबिन नासिर अल उन्जीको भव्य स्वागत गर्दै प्रदेश सरकारले अहिले मदरसा शिक्षाका लागि सराहनीय कार्यको कदम चालेको बताए । उनले प्रदेशले भौतिक, शैक्षिक रुपमा मदरसालाई बजेट विनियोजन गरि अहम भुमिकाको सुरुवात गरेको भन्दै प्रशंसासमेत गरे ।
जामिया सिराजुलउलुम अलसल्फीया झण्डानगर तथा आयशा गर्ल्स कालेजले गरेको कार्यक्रममा शैख बदरबिन नासिर अल अन्जी सहभागी हुन पाउदा निकै खुशी व्यक्त गर्दै कार्यक्रम आयोजकलाई हृदय देखि धन्यवाद दिदै लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्र रहेको मदरसाहरुलाई हरेक क्षेत्रमा सहयोग गर्दै आएको कुरा सराहनीय र उल्लेखनीय रहेको छ। आगामी दिनमा पनि नेपालका मदरसाहरु लाई मुलधारमा ल्याई मदरसा शिक्षालाई थप बलियो बनाउने र विशेष गरि नेपालका मुस्लिम छात्राको शिक्षालाई बलियों बनाउनाको लागि कार्यक्रममा उपस्थित शिक्षा, विज्ञान युवा तथा खेलकूद मंत्री वसिउद्दीन खां संग विशेष आग्रह गर्दै विश्वभरीमा साउदी अरब मानवताको लागि आफ्नो कार्य गरि रहेको छ र साउदी अरब को पहिचान मानव सेवा नै रहेको साउदी अरबका अल अनजीले जिक्र गरेका थिए।

अनुगमन क्रममा शिक्षा विभाग साउदी अरबका, शैख बदरबिन नासिर अल अन्जी, जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका अध्यक्ष समिम अहमद नदवी, आयसा गर्ल्स कलेजका अध्यक्ष डा. मन्जुर अहमद,युवा व्यापारी मिर्जा राशिद बेग लगायतले मदरसा शिक्षालाई सरकारले प्राथमिकतामा राखी आवश्यक पहल गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर तथा आयसा ग्रल्स कालेज झण्डानगरका अध्यक्षले मंत्री खां, साउदी अरब शिक्षा बिभागका अल उन्जी,तथा योजना आयोगका सदस्य शिवपुजन यादव लाई प्रशंसापत्र हस्तांतरण गर्दै सम्मानित गरेका थिए।



ताजा खबर