एमसीसी र संसद् खुलाउने विषयमा एमालेसँग छलफल भयो ः प्रचण्ड

२०७८ फाल्गुन १२, बिहीबार १४:२५

काठमाडौं।फाल्गुन १२ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले एमसीसी र सदन खुलाउने विषयमा एमालेसँग छलफल भएको बताएका छन् । बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूसँगको छलफलबाट बाहिरिने क्रममा क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले छलफलका क्रममा आ–आफ्ना कुरा राखिएको बताए ।’एमसीसी र सदन खुलाउने विषयमा छलफल भयो । आ–आफ्ना कुरा राखियो ’ प्रचण्डले भने ।

माओवादीसँग छलफल गर्नुअघि एमालेले सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेससँग छलफल गरेको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच ’वान अन वान’ कुराकानी भएको थियो । प्रचण्डसँगको भेटवार्तापछि एमाले नेताहरू देउवासँगको छलफलका लागि बालुवाटार प्रस्थान गरेका छन् । एमसीसी सम्झौतालाई लिएर पछिल्लो समय सत्ता गठबन्धनमा दरार आएको छ ।



ताजा खबर