भारतीय सेनाद्वारा नेपाली सेनालाई एकलाख मात्रा खोप उपहार

२०७८ फाल्गुन १२, बिहीबार १४:४३

रासस
काठमाडौं,फाल्गुन १२ गते ।
भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एकलाख मात्रा खोप उपहारस्वरुप प्रदान गरेको छ ।

नेपाली सेनाको प्रधान कार्यालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्त नारायणले नेपाली सेनाका रथी वालकृष्ण कार्कीलाई उक्त परिमाणको खोप हस्तान्तरण गरे । भारत सरकारले खोप मैत्री योजनाअन्तर्गत नेपाली सेनालाई उक्त खोप उपहारस्वरुप प्रदान गरेको हो ।



ताजा खबर