मिर्चैयामा मेयर यादवको पहलमा सडक बिस्तार कार्य शुरु

२०७८ फाल्गुन १२, बिहीबार १५:०६

सिरहा,फाल्गुन १२ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा सडक बिस्तार कार्य निर्माण शुरु भएको छ। ईलाका प्रहरी कार्यालय मिर्चैया थाना चौकाको दक्षिण देखि बजार हुदै एक किलो मिटरनसम्म सडक बिस्तार कार्य भइरहेको छ।

मिर्चैया नगरपालिकाको वडा नम्बर ६ वडा अध्यक्ष देब कृष्ण साह लगायत मिर्चैया नगरपालिकाको लगानीमा थाना चौकी देखि दक्षिण तर्फ सडक बिस्तार काम बुधबार देखि संचालनमा आएको छ।

ईलाका प्रहरी थाना चौकी देखि बजार हुदै गरेको सडक बिस्तारको काम बारे बि.स. २०७३ सालमा नै एउटा बैठक भएको थियो ।जहिले हामी जनप्रतिनिधि पनि बनेका थिएनौं । त्यो बेला नै मिर्चैया थानामा बसेर स्थानीय ,बुद्धिजीवी ,यसकै ठाउँका समाजहरुको उपस्थितिमा यो सडक कति फिटको हुनुपर्छ भने एक मत सह–सहमतिबाट ६० फिट पारित भएको थियो ।

कानुनी दृश्यकोणले पनि ६० फिट नै रहेको छ तर कुनैकुनै ठाउँमा मात्र घटबढ रहेको अहिले कुन ठाउँमा भवन ,पसल टुट्टी रहेको छ।त्यो ठाउँमा पहिला देखि नै ६० फिट थियो अध्यक्ष देब कृष्ण साहले भन्नुभएको छ।

सडक बिस्तारको काम तीन चरणको योजनामा हुनेछ ।जुन अहिले सडक बिस्तार कार्य राजमार्ग देखि दक्षिणमा सडक बिभागसम्म ८५ लाख लागतको योजना गरेको छ।जसमा नाला निर्माण पनि रहेको अध्यक्ष साहले बताए ।

सडक बिकासले बास्तबमा मिर्चैया व्यापारी,यातायात र सौर्न्दर्य हिसाबले पनि अलि राम्रो देखिन्छ ।सो सडक निर्माण ७ बर्ष अधि नै बिस्तार हुने कुरा थियो ।तर विभिन्न कारणले बस हुन्न सकेन । मिर्चैया नगरपालिकाको मेयर श्रावण कुमार यादवले जुन एउटा आँट देखाउनु भएको छ।त्यो सराहनीय हो मिर्चैया नगरपालिकाको उद्योग बाणिज्य संघको अध्यक्ष हरिशरण साहले बताए ।

सडक बिस्तार भैरहेको सडकमा मिर्चैया नगरपालिका वडा नं ५ को पसल रहेको स्थानीय धिरज प्रसाद साहले भने धेरै खुशीको कुरा हो।हाम्रो मिर्चैया ठाउँ विकसित भैरहेको छ।मेयर यादवले अहिले सडक बिस्तारमा ध्यान दिएको छ ।वहाँलाई दुई वर्ष अधि नै ध्यान दिनुपर्ने तर ढिलो गर्नु भएको छ।ढिलो आयो तर राम्रो आएको स्थानीय साह भने ।



ताजा खबर