ऋषिको उल्टो पैदल यात्राः एक महिनामा एघार जिल्ला पार

२०७८ फाल्गुन १५, आईतवार १४:४२

सिरहा,फागुन १५ गते । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ रानागाउँका ऋषि परियार मेचीदेखि महाकालीसम्मको उल्टो पैदल यात्राको आज एक महिना पुरा भएको छ । स्वास्थ्यका लागि मेचीमहाकाली उल्टो पैदल यात्राू भन्ने नारा दिएर माघ १५ गतेका दिन काँकरभिट्टाको मेची नदि किनारबाट उल्टो पैदलयात्राको सुरुवात् गर्नुभएको हो ।

नेपाललाई विश्व सामु चिनाउने उद्देश्यका साथ शुरु भएको उल्टो पैदल यात्राको आज सम्म झण्डै ४ सय ६५ किलोमिटरको दुरी पार गर्नुभएको छ । पुर्व पश्चिम राजमार्गमा पर्ने २१ वटा जिल्ला मध्ये ११ जिल्ला पार गर्नुभएको छ । आज चितवनमा रहेको पनि उहाले जानकारी दिनुभएको छ । यो विचमा विभिन्न जिल्लाबासीले सहयोग गरेको उहाले बताउनुभएको छ । ‘सबै बाट राम्रो हौसला पाएको छु,अझै साथ पाउनेमा ढुक्क छु’ – परियारले बताउनुभयो ।



ताजा खबर