सशस्त्र प्रहरी डिआइजी गणेश ठाडा मगरको निगरानी मधेश प्रदेशको तस्कर

२०७८ फाल्गुन १६, सोमबार १७:२५

अमरेस कुमार पाण्डे

पर्सा,फागुन १६ गते । सशस्त्र प्रहरीले मधेश प्रदेशका सिमा क्षेत्रहरुमा सक्रियता बढाएको छ । सिमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण एवम् अवैध चोरी पैठारी रोकथामका लागि सशस्त्र प्रहरीले सक्रियता बढाएको हो ।

सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालय मधेश प्रदेशले ३४ करोड ३८ लाख भन्दा बढी मूल्य बराबरको अवैध सामान भन्सार दाखिला गरेको छ ।

चालु आर्थिक वर्ष २०७८÷७९ को श्रावण महिनादेखि हालसम्म ३४ करोड ३८ लाख २० हजार २ सय ६ रुपैयाँ बराबरको अवैध सामान भन्सार दाखिला गरिएको छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) गणेशबहादुर ठाडा मगरले जानकारी दिए ।

डिआईजी मगरका अनुसार छिन्नमस्ता बाहिनीबाट ४ करोड ५७ लाख ५१ हजार ८ सय ५ रुपैयाँ, पर्साबाट ९ करोड ४५ लाख, ६१ हजार ७ सय ९१, बाराबाट २ करोड १८ लाख ५५ हजार ५ सय ४१, रौतहटबाट ३ करोड ८४ लाख २९ हजार ६ सय ४८, सर्लाहीबाट ४ करोड ८२ लाख ४५ हजार ७ सय ३५, महोत्तरीबाट ३ करोड ४६ लाख २५ हजार ४ सय ७७, धनुषाबाट २ करोड ४९ लाख ६१ हजार ४ सय ७८, सिरहाबाट २ करोड ९५ हजार ६० र सप्तरीबाट १ करोड ५२ लाख ९३ अजनर ६ सय ७१ मूल्य बराबरको अवैध सामाग्री भन्सार दाखिला गरिएको हो ।



ताजा खबर