उपेन्द्र पासवान
बारा ,फागुन १९ गते । नेपाल सरकार मन्त्रीपरिसद को निर्णय अनुसार साबिक गाबिस बुनियाद ,रामपुर टोक्नी ,लिपनिमाल पहिले नै सिमरा मालपोत कार्यलय मा गइ काम काज भइ रहेको थियो ।
नेपाल सरकार मन्त्रीपरिसद को मिति २०७८÷१०÷१७ को निर्णय र सिमरा मालपोत कार्यलय को च. न ३९८५ मिति २०७८÷११÷१८ को पत्र ले साबिक गाबिस बुनियाद रामपुर टिकनी र लिपनिमाल कलैया मालपोत मा सारिएको हो ।सेवा ग्राहिलाइ असहज भइ रहेको को कारण सेवा ग्राही लाइ सहज को लागी सिमरा बाट कलैया मालपोत कार्यलय मा तिन वाटा गाबिस सारिएको हो ।मालपोत कार्यलय को सुचना अधिकारी सागर कुमार साह ले जानकारी दिनु भयो।
त्यसै गरि सिमरा बाट कलैया मालपोत कार्यलय मा मोठ श्रेस्ता,फाइल ,चफा ,रोक्का डायरी बुझी ल्याउन गएका कर्मचारी सागर कुमार साह देवन तिमिल्सिना दिनेश यादव रोहित श्रीवासतव लाई नेपाल लेखापढि कानुन ब्यवसायी एसोसिएसन बारा कलैया को अध्यक्ष बृजकिशोर यादव( भगत जी) उपाध्यक्ष शिवपुजन ठाकुर सह सचिव बिनोद लाल कर्ण कोशा अध्यक्ष प्रमानद पटेल सह कोशा अध्यक्ष बुट्न साह कानु सदस्य केशव यादव सुवास यादव नरेन्द्र तिवारी भुपु अध्यक्ष जितनराय पटेल भु पु कोशा अध्यक्ष रामलाल यादव लगायत ले स्वागत गरेकामकारबाहीमा थिए ।
मिति २०७८÷११÷२२ आइतबार देखी बुनियाद ,रामपुर टोकनी र लिपनीमाल को रोकका ,फुकुवा ,रजिस्टेस्न ,नामसारी ,दाखा,मोहि कट्टा को काम काज सेवा ग्राहिलाइ कलैया मालपोत कार्यलाय बाट छिटो छरितो सेवा दिने भुमी सुधार तथा मालपोत कार्यलय को नासु तथा सुचना अधिकारी सागर कुमार साह ले बताउनु भयो ।