जनमत पार्टी हरिवन नगर कमिटीको अध्यक्ष चौधरी सहित ५६ जना नेकपा(माओवादी केन्द्र) प्रवेश

२०७८ फाल्गुन २०, शुक्रबार ०८:१६

सर्लाही,फागुन २० गते । नेकपा(माओवादी केन्द्र) हरिवनमा विभिन्न पार्टी परित्याग गरी ५६ जना प्रवेश गरेका छन् । माओवादी केन्द्र हरिवन नगर कमिटिको आयोजनामा हरिवन नगरपालिका ११ मा भएको पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टी नगर कमिटिका ३१ जना सहित अन्य गरि ५६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्तको अध्यक्षतामा भएको कार्यक्रममा जनमत पार्टी हरिवन नगर कमिटिका सबै ३१ जना सहित अन्य विभिन्न पार्टी परित्याग गरि ५६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हरिवन नगर कमिटि सचिव गौरी शंकर महतोले जानकारी दिनुभयो ।
कार्यक्रममा हरिवन नगर कमिटि उपाअध्यक्ष,जिल्ला समन्वय समिति सर्लाहीकी उप सभापति जमुना पौडेल,नगर कमिटि उपाध्यक्ष जयमान पाख्रिङ,अखिल(क्रान्तिकारी ) का केन्द्रीय सदस्य साथै पार्टी नगर सह सचिव विवेक मैनाली,कोषा अध्यक्ष जगदेव महतो,प्रेस सेन्टर नेपाल मधेश प्रदेश सचिव भक्ती रिजाल,योङ्ग कम्युनिस्ट लिग नेपाल( वाईसियल) नेपाल हरिवन नगर कमिटि अध्यक्ष राज लामा,सचिव शेष ईस्तिहार,प्रेस सेन्टर नेपाल सर्लाहीका सचिव रितिक अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
जनमत पार्टी हरिवन नगर कमिटि अध्यक्ष रामेश्वर चौधरीको नेतृत्वमा ३१ सदस्य नगर कमिटि र अन्य पार्टीका गरि ५६ जना माओवादी केन्द्रमा प्रवेश गरेका नगर सचिव महतोले जानकारी दिनुभयो । नव प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई हैसियत अनुसारको व्यवस्थापन गर्ने नगर सह सचिव मैनालीले बताउनुभयो । उहाँले हरिवन नगरका सबै ११ वटै वडाहरु माओवादी केन्द्रले जित्ने दाबी गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशी नेता रामेश्वर चौधरीले नेपालमा माओवादी केन्द्र बाहेक अरु असल पार्टी नदेखेका कारण आफू माओवादी केन्द्रमै ; प्रवेश गरेको बताउनु भयो । उहाँले कसैको दवाव प्रभावमा माओवादी केन्द्रमा प्रवेश नगरेको र हरिवनका दलाल भ्रष्ट र घुसखोरीका विरुद्ध सधैं लागि रहने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर कमिटि अध्यक्ष पन्तले माओवादी केन्द्र नागरिकको पार्टीरहेको बताउनु भयो । उहाँले अरु पार्टीको जस्तो दोभासे शैली माओवादी केन्द्रमा नरहेको बताउनु भयो । अरु पार्टीले समावेशीयता विपरित,जनभावन विपरित काम गरेको भन्दै त्यसको प्रतिकारको लागि रोडमा उत्रन पनि आफुहरु तयार रहेको नगर कमिटि अध्यक्ष पन्तले बताउनु भयो । हरिवन नगरपालिका ११ को सुकुम्बासी टोलका बासिन्दालाई माओवादी केन्द्रको नेतृत्वमा जग्गाको मालिक बनाउन पहल गर्ने नगर कमिटि अध्यक्ष पन्तले बताउनु भयो ।कार्यक्रममा करिब एक सयजनाको उपस्थिति रहेको थियो ।



ताजा खबर