सबैलामा विषालु सर्पले डँस्दा ७ वर्षीय बालकको मृत्यु

२०७८ फाल्गुन २०, शुक्रबार ०८:५६

धनुषा,फागुन २० गते । धनुषामा विषालु सर्पले डँस्दा एक बालकको ज्यान गएको छ । जिल्लाको सबैला नगरपालिका वडा न.७ बस्ने विक्रम रायको छोरा ७ वर्षीय शेखर रायको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

बिहीबार दिउँसो ३ बजे खेतमा गएको बेला बालकलाई सर्पले टोकेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको परिवारजनले जनाएको छ । बालक स्थानीय हनुमान प्राथमिक विद्यालय नवटोलीमा कक्षा २ मा अध्ययनरत्त थिए ।



ताजा खबर