श्रमिक महिला दिवस सार्थक बनाउन पालिकालाई बुझाए पाँच बुदे ध्यानाकर्ष पत्र

२०७८ फाल्गुन २३, सोमबार ०८:०२

सिरहा,फागुन २३ गते । ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसलाई उपलब्धिमूलक बनाउन यहाँका महिलाहरुले विभिन्न पाँच बुँदे माँग सहित पालिकाहरुमा ध्यानाकर्षण पत्र बुझाएका छन् । लैङ्गिक हिंसा प्रभावित कोष स्थापना, जेसी निति कार्यन्वयन, श्रमिक हेल्प डेस्को स्थापना, बर्गीकृत श्रमिक परिचय पत्र एवम् प्रधान मन्त्री स्वरोजगार कार्यक्रममा बास्तविक श्रमिक तथा बेरोजगारलाई रोजगारी दिनु पर्ने माँग सहित श्रमिक महिलाहरुको सञ्जालले कर्जन्हा र कल्याणपुर नगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
सधै दिवसको रुमामा दिवस मनाएर मात्र महिलाहरुको उत्थान नहुने भन्दै दिवसको भावना र मर्मलाई उजागर गर्नेगरी ११२ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन पालिकास्तरीय श्रमिकहरुको सञ्जाल मार्फत स्थानीय सरकारलाई ध्यानाकर्षण गराउन पत्र बुझाएको बताए ।
पालिकामा ध्यानाकर्षण पत्र बुझाएपछि श्रमिकहरुको जायज माँग भएकाले यस्ता माँगलाई सथासिघ्र पालिकामा कार्यन्वयनका लागि पहल गर्ने प्रतिवद्धता कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धिरेन्द्र कुमार यादवले जनाएको कल्याणपुर नपा ५ की अपन संगी प्रयंका कुमारी यादवले जानकारी दिए ।
कर्जन्हा नगरपालिकाका महिला तथा बालबालिका शाखाका नानुमायाँ कट्टेलले पत्रबुझ्दै माँग सम्वोधनको लागि आफ्नोतर्फबाट पहल गर्ने जनाएको महिलाहरुले बताए ।
तयारी बैठकमा मुक्ति नेपालको नागरिक सक्रियता परियोजनाका जिल्ला संयोजक अशोक कुमार कामती र सुशासन सहजकर्ता धिरेन्द्र साहले क्रमशः कर्जन्हा र कल्याणपुरमा सहजीकरण गरेका थिए । बैठकमा उक्त पालिकाहरुको सबै वडामा युरोपियन युनियनको आर्थिक सहयोग तथा वेल्ट हन्गर हिल्फेको प्राविधिक सहयोगमा आसमान नेपालको साझेदारीमा सञ्चालित नागरिक सक्रियता परियोजनाका संवाद केन्द्रका सहभागि, अपन संगीहरु, सामाजिक महिला अगुवाहरु लगायत महिला मानव अधिकार रक्षकहरु सहितको उपस्थिति रहेका थिए ।
सोही बैठकले ८ मार्चका दिन प्रत्येक वडाहरुमा निर्वाचित जन प्रतिनिधिहरुको अगुवाईमा प्रत्येक वडाहरुमै र्याली, कोण सभाको आयोजना गरि वडा मार्फत पनि श्रमिक महिला दिवस मनाउने निर्णय गरेका छन् ।



ताजा खबर

error: Content is protected !!