आन्दोलनको क्रममा पक्राउ परेका बिधार्थी नेता आमरण अनसनमा

२०७८ फाल्गुन २३, सोमबार ०८:३८

अमित ठाकुर
रौतहट,फागुन २३ गते ।
देशकै चौथो बिधालयको रुपमा स्थापना भएको श्री जुद्ध उच्च माध्यमिक बिधालय गौरमा शुक्रबार आन्दोलनको क्रममा पक्राउ भएको ३ जना मध्ये २ जना आमरण अनसनमा बसेका छन्। सो समुदायिक बिधालयमा बिधार्थीहरु संग विभिन्न बहानामा शुल्क लिएको भन्दै लगभग २ बर्ष देखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन द्वारा आन्दोलन गर्दै आएको थियो।

बिधालयले विभिन्न बहानामा लिएको शुल्क फिर्ता गर्न माग राखेता पनि अहिले सम्म सो शुल्क फिर्ता नहुँदा अनेरास्ववियुका बिधार्थी नेता प्रदेश सचिव रबि मिश्रा र जिल्ला संयोजक आशिष् झाको उपस्थितिमा पिडित बिधार्थीहरु शुक्रबार बिधालयमा आन्दोलन तथा तोडफोड गरेको थियो। बिधालयमा आन्दोलन तथा तोडफोड गर्दा प्रहरीले पक्राउ गरेको प्रदेश सचिव मिश्रा र झा थुनामै आमरण अनसनमा बसेका छन्। बिधार्थी नेता मिश्रा र झा थुनामै शुक्रबार देखि आमरण अनसनमा बस्दा दुवैको स्वास्थ्य दिन प्रती दिन खराब हुँदा अहिले गौर अस्पतालमा उपचारत छन्। पक्राउ परेका मिश्रा र झाले भने यो लडाइँ हाम्रा बिधार्थी भाईबहिनीका लागि हुन । जब सम्म बिधालयले लिएको विभिन्न बहानामा शुल्क फिर्ता हुँदैन तब सम्पन्न हाम्रो अनसन जारी नै रहने बताएका छन्।



ताजा खबर