मधेशको मुद्दा र मधेशको पहिचान गराउने लोसपा पार्टी मात्र ः अध्यक्ष ठाकुर

२०७८ फाल्गुन ३०, सोमबार ०८:३७


सौलेश तिवारी
बारा ।
मधेशको मुद्दा र मधेशको पहिचान गराउने लोकतान्त्रिक समाजवादी पार्टी मात्र भएको केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले बताएका छन्।

बाराको देवताल गाउँपालिकामा आइतबार एक कार्यक्रमका बीच वडा नम्बर १ र २ को वडा कार्यालय भवन , स्वास्थ चौकिको भवन तथा बर्थिङ्ग सेन्टरको उद्घाटन र पार्टी प्रबेश कार्यक्रमको प्रमुख अतिथि ठाकुरले बताएका छन्। साथै नागरिकता बिधेयक सँघिय ऐन पारित नगरिकन बनाईएकोले आफुहरुको बिरोध गरेको समेत बताएका छन्। बिदेशी नागरिकसँग बिहे गरी आएमा ७ बर्ष पछि नेपालि नागरिकता बनाउने गलत भएको समेत ठाकुरले बताएका छन्।

त्यस्तै उक्त कार्यक्रमको विशिष्ठ अतिथि मधेश प्रदेशका लोसपा पार्टी अध्यक्ष जितेन्द्र सोनलले लोसपा पार्टीले गर्दा नै मधेश प्रदेश नामाकरण भएको बताएका छन्। जसपा लगायत बिभिन्न दलले प्रदेशको बिभिन्न नामाकरण गर्ने भनिएकोमा लोसपा पार्टीको अडानले मात्र सम्भव भएको बताएका छन्। लोसपा पार्टीबाट निर्वाचित स्थानिय जनप्रतिनिधि लगायत बिभिन्न जनप्रतिनिधिले जति बिकास गरेका छन् । त्यति बिकास अरु दलको जनप्रतिनिधिले आज सम्म नगरेको बताउँदै मधेश प्रदेश मा लोसपा पार्टीलाई एक नम्बर पार्टी बनाउन जनतासँग आग्रह गरेका छन्।

बर्थिङ्ग सेन्टर उद्घाटन हुँदा वडा नम्बर १ , २ ,३ का स्थानियहरु हर्षित भएका छ्न। बर्थिङ्ग सेन्टर नहुँदा त्यहाँ को वडा बासिलाई स्वास्थ्य सेवा लिनमा सास्ती हुदै आएका थियो। बर्थिङ्ग सेन्टरको उद्घाटन भएपश्चात त्यहाँ जनताहरुलाई कलैया बिरगंज लगायत छिमेकी देश भारत जानु पर्ने बाध्यता हटेको स्थानिय हरु बताएका छन।

देवताल गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंहले आफ्नो गाउँपालिकाको जानताको समस्या मध्यनजर गरी उक्त भवनहरु गाउँपालिकाको लागत बाट निर्माण गरीएको बताएका छन्। देवताल गाउँपालिकामा एउटा पनि माध्यमिक विद्यालय नभएकोले हाल ३ वटा माध्यमिक विद्यालय सँचालन रहेको छ। बाटोघाटो नभएकोले हाल सम्पुर्ण वडा सम्म बाटो निर्माण गरीएको बताउदै हरेक वडामा स्वास्थ्य चौकी लगायत बर्थिङ्ग सेन्टर स्थापना भएको बताएका छन्।

उक्त नवनिर्मित भवनहरुलाई कार्यक्रमका प्रमुख अथिती लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर , बिशिस्ट अथिती मदेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल , पुर्ब युवा तथा खेलकुद मन्त्री तथा संघिय साँसद रामएकबल मियाँ , जिल्ला अध्यक्ष एमव जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंहले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

उक्त भवनहरुको कुल लागत रु १ करोड ४५ लाख ९० हजार ४ चार सय ८४ रुपैयाँ रहेको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले बताएका छन्।

उक्त कार्यक्रममा केन्द्रिय सदस्य श्याम गुप्ता , डाक्टर कमरुलाह अन्सारी , प्रसौनि गाउँपालिका अध्यक्ष भोला गुप्ता , उपाध्यक्ष गिता देबि साह , परवानीपुर गाउँपालिका अध्यक्ष हरिनारायण साह, देवताल गाउँपालिकाका उपाध्यक्ष रामपति देबि लगाएत सम्पुर्ण वडा अध्यक्ष लगायत पार्टीका नेताकार्यकर्ताहरुको उपस्थित रहेका थियो । भने निर्वाचित वडा अध्यक्षहरु लगायत हजारौंको सँख्यामा कार्यकर्ताहरु माओवादी , जसपा , एमाले , काँग्रेस पार्टी परित्याग गरी लोसपामा प्रवेश गरेका छन्। सो कार्यक्रमको सान्चालन जिल्ला सह सचिव शम्भु गुप्ताले गरेका थिए ।



ताजा खबर