नेपाली कांग्रेसद्वारा शुभकामना आदान प्रदान कार्यक्रम

२०७८ चैत्र ३, बिहीबार ०४:१४


शुभ नारायण यादव
सप्तरी,चैत्र ३ गते ।
नेपाली कांग्रेस पार्टीको राजगढ गाउँपालिकाद्वारा होलि पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सप्तरीको राजगढ गाउँपालिका वडा न. –३ स्थित पार्टी कार्यालयमा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बधाई समारोह सम्पन्न भएको हो । सो पार्टीका राजगढ गाउँपालिकाका सभापति दिपेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुद्वारा शुभकामना आदानप्रदान गर्नुका साथै सो पार्टीको१४औँ महाधिवेशनमा सप्तरी जिल्ला कार्य समितिको नव निर्वाचित
उपसभापति रामप्रसाद मंडल तथा नव निर्वाचित सचिव प्रभु नारायण चौधरीलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।



ताजा खबर

error: Content is protected !!