राजगढमा तिन दर्जन भन्दा बढि नेता कार्यकर्ता काङ्ग्रेसमा प्रवेश

२०७८ चैत्र ८, मंगलवार १०:४०

शुभ नारायण यादव
सप्तरी,चैत्र ८ गते । विभिन्न पार्टी परित्याग गरि नेपालि काङ्ग्रेसमा प्रवेश गरेका छन । सप्तरीको राजगढ़ गाउपालिका वडा न.४ स्थित रा.०प्रा.वि. जमुवाको विघालय प्रांगणमा आयोजित एक कार्यक्रमका बिच विभिन्न पार्टि परित्याग गरि सो पार्टिमा प्रवेश गरेका हुन । नेपाली कांग्रेस वडा कार्य समितिका सभापति सत्यनारायण यादवको अध्यक्षतामा तथा पार्टीका राजगढ़ गाउपालिकाका सभापति दिपेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा एव राजगढ़ गाउपालिकाका अध्यक्ष परमानन्द यादवको विशिष्ट आतिथ्यमा तथा पार्टीका अन्य अथितिहरू एवं कार्यकर्ताहरुको सहभागितामा पार्टी सम्बन्धी विभिन्न विषयहरु माथि छलफल गरेर समीक्षा समेत गरिएको छ । उक्त कार्यक्रममा राजगढ़ गाउपालिकाका सभापति दिपेन्द्र प्रसाद यादवको अगुवाईमा र राजगढ़ गाउपालिकाका वडा सभापति सत्यनारायण यादवको सहयोगमा विभिन्न पार्टी परित्याग गरी लगभग ३ दर्जन भन्दा बढी संख्यामा नेपाली कांग्रेसमा प्रवेश गरेका छन । यता स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा अहिले तराई मधेशका जिल्लाहरुमा विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्ने होडबाजि ने चलेको छ ।



ताजा खबर